क्रिकेटखेल

आइपिएलमा लखनउद्वारा मुम्बई १८ रनले पराजित  

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)को लिग चरणको आफ्नो अन्तिम खेलमा मुम्बई इन्डियन्स पराजित भएको छ । शुक्रबार राति भएको खेलमा मुम्बई लखनउ सुपर जायन्ट्ससँग १८ रनले पराजित भएको हो ।

आइपिएल

मुम्बईको घरेलु मैदान वानखेडेमा भएको खेलमा टस हारेर पहिले ब्याटिंग गएको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १४ रन बनाएको थियो । उसको लगी निकोलन पुरनले २९ बलमै ७५ रनको र कप्तान केएल राहुलले ५५ रनको अर्धशतकीय पारी खेले भने मार्कस स्टोइनिसले २८ र आयुष बडोनीले २२ रन बनाए ।

मुम्बईका लागि नुवान थुसारा र पियुष चावलाले समान तीन-तीन विकेट लिए । लखनउले दिएको २१५ रनको लक्ष्य पछ्याएको मुम्बइले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९६ रनमात्रै बनायो । मुम्बईको लागि रोहित शर्माले ६८ र नमन धिरले ६२ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् ।

त्यस्तै डेवाल्ड ब्रेभिसले २३ रन जोड्दा कप्तान हार्दिक पाण्ड्याले १६ र इशान किसनले १४ रन बनाए । लखनउका लागि नवीन उल हक र रवि विश्नाइले दुई-दुई तथा क्रुनाल पाण्ड्या र मोहसिन खानले एक-एक विकेट लिए ।

जितसँगै लखनउ १४ खेलमा १४ अंक जोड्दै छैटौं स्थानमा छ समान खेलमा ८ अंक जोडेको मुम्बई अंक तालिकाको पुछारमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोर नेपाली समय अनुसार राति पौने आठ बजे भिड्दै छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.