अर्थ

काठमाडौँ–तराई-मधेस द्रुतमार्गको लेनडाँडा सुरुङको ‘ब्रेक थ्रु’

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई-मधेस द्रुतमार्ग सडक आयोजनाको लेनडाँडामा एउटा सुरुङ ब्रेक थ्रु भएको छ ।

लेनडाँडा सुरुङको ‘ब्रेक थ्रु’

आयोजनाको प्याकेज नं.२ को मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु भएको हो । त्यहाँ निर्माणाधीन जोडी सुरुङमध्ये एक हजार छ सय ३३ मिटर लम्बाइको काठमाडौँबाट निजगढतर्फ जाने सुरुङमार्ग छिचोलिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

द्रूतमार्गमा छ वटा सुरुङ र ८९ वटा पुल हुनेछ । उक्त सडक आयोजना आगामी २०८३ चैत मसान्तसम्ममा पूरा गर्ने कार्य योजना छ । करिब ७०.९७७ किमी लम्बाईको द्रुतमार्ग पहाडी भू–भागमा २५ र तराई भूभागमा २७ मिटर चौडाइ हुनेछ । आयोजनाको हालसम्मको भौतिक र वित्तीय प्रगति करिब ३३ प्रतिशतको हाराहारीमा पुगेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.