जन सरोकार

ज्यान मार्ने उद्योग, हातहतियार खरखजना तथा संगठित अपराध कसूरका फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने उद्योग, हातहतियार खरखजना तथा संगठित अपराध कसूरका फरार प्रतिवादी सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१ घर भई भक्तपुर सूर्यविनायक बस्ने ३३ वर्षीय सन्तोष गिरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१ गैरीचोक बस्ने ३७ वर्षीय पुरूषलाई लक्षित गरी २०८० फागुन १२ गते राति गोली प्रहार गरेको घटनामा संलग्न रही वारदात पश्चात फरार रहेका गिरीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायकबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.