जन सरोकार

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

रूपन्देही, बुटवल उपमहानगरपालिका-१३ जितगढीस्थित जगत्रदेवी होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय नारायण अर्यालसहित ९ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जुवातास

इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ६ सय रूपैयाँ र २ सय १३ पत्ती ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.