जन सरोकार
पंखा बनाउने क्रममा करेन्ट लागेर चौधरीको मृत्यु
बारा, जितपुरसिमरा उपमहानगरपालिका-१२ पिपरा टोल बस्ने ४५ वर्षीय रामानन्द चौधरीको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ ।

आफ्नै घरमा पंखा बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि नारायणी सेन्टर अस्पताल वीरगंजतर्फ लैजाने क्रमममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्