जापान

नेफिन जापानले नेपालमा कोरोना नियन्त्रणका लागि आर्थिक संकलन गर्दै

विश्वव्यापी महामारी फैलाइरहेको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट आक्रान्त नेपाल र नेपाली जनतालाई सहयोग गर्ने उद्देयले नेपाल आदिवासी जनजाती महासंघ (नेफिन) जापानले आर्थिक संकलन गर्ने भएको छ ।

नेफिनले एक विज्ञप्ति जारी गरी कोरोना संक्रमणबाट पाँच हजारभन्दा बढी नेपालीहरुले ज्यान गुमाएकोमा दुःख व्यक्त गर्दै संक्रमण नियन्त्रणका लागि नेपाल सरकार र सम्बन्धित निकायहरु लागिरहेको अवस्थामा आर्थिक संकलन गरी आदिवासी जनजाती महासंघ नेपाल (केन्द्र) मार्फत नेपाल सरकारको कोरोना नियन्त्रण तथा राहत कोषमा रकम जम्मा गरिने बताएको छ ।

नेफिल अध्यक्ष सञ्जीव राई र महासचिव शिशिर निङलेकु लिम्बुद्वारा जारी विज्ञप्ति अनुसार नेफिन केन्द्रले स्थापना गरेको ”नेपाल आदिवासी जनजाती महासंघ कोभिड १९ राहत कोष ”मार्फत आर्थिक सहयोग गर्न ईच्छुक महानुभावहरुले नेफिन जापानको जेपी खाता (१०१५०-८४९८९१२१)मा रकम जम्मा गरी दिनुहुन जापानबासी नेपालीहरुमा अनुरोध गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.