राजनीति

मुलुकलाई अगाडि बढाउन कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्छ : प्रमुख सचेतक लेखक

नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकले मुलुकलाई अगाडि बढाउन कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

प्रमुख सचेतक लेखक

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (२)ले शनिबार काठमाडौँमा आयोजना गरेको ‘दोस्रो प्रदेश क्षेत्रीय सम्मेलन तथा प्रोफाइल लोकार्पण’ कार्यक्रममा उहाँले अस्थिरताको बीचमा फसेको देशलाई बाहिर निकाल्न कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउनुभयो । पार्टीभित्र देखिएका मतान्तर आक्रोश समस्यालाई थाँती राखेर मुलुकलाई अगाडि बढाउन कांग्रेस अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

त्यसैगरी उहाँले हाल देशमा देखिएका समस्या समाधानमा सत्तापक्ष जिम्मेवार हुनुपर्नेसमेत बताउनुभयो । “मुलुक राजनीतिक दलबीचको द्वन्द्व, संसद्को अवरोध, अस्थिरताको कुचक्रमा फस्दा जनतामा नकारात्मक सन्देश गएको छ, यसलाई चिर्न सरकारपक्ष जिम्मेवार बन्नुपर्छ”, उहाँले भन्नुभयो ।

नेता लेखकले लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले पार्टीभित्रको आलोचनालाई विशेष स्थान दिएर अगाडि बढेको बताउनुभयो । “आलोचना लोकतन्त्रको सुन्दर पक्ष हो, यसले पार्टीलाई बलियो बनाउँछ, आलोचनात्मक चेतलाई कांग्रेसले संस्थागत गरेको छ”, नेता लेखकले भन्नुभयो । प्रधानमन्त्रीले १८ महिनाका बीचमा चौथोपटक विश्वासको मतको लिनु देशलाई अस्थिरतातिर धकेल्नुभएको उहाँको भनाइ थियो ।

नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद भीमसेनदास प्रधानले पार्टीभित्र देखिएका गुटले धेरै स्थानमा कांग्रेसले पराजय भोग्नुपरेको बताउनुभयो । उहाँले पार्टीलाई एकढिक्का बनाउने सङ्कल्प नगरेसम्म पार्टी अगाडि बढ्न नसक्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता जगदीश्वरनरसिंह केसीले कांग्रेसभित्र निष्ठा र आदर्श गुम्दै गएकाप्रति शीर्ष नेता नै गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कांग्रेस नेत्री एवम् बागमती प्रदेशसभा सदस्य हरिप्रभा खड्गीले केन्द्रले प्रदेशलाई अधिकार नदिँदा सोचेजस्तो काम गर्न नसकिएको गुनासो गर्नुभयो । कांग्रेस काठमाडौँ क्षेत्र नं ६ का क्षेत्रीय सभापति श्यामकृष्ण खड्गीले पार्टीभित्र एकअर्कालाई स्वीकार गर्न नसकेकाले पार्टीले हार व्यहोरेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.