क्रिकेटखेल

चेन्नईलाई पराजित गर्दै बैंगलोर आइपिएलको प्लेअफमा    

रोयल च्यालेनजर्स बैंगलोर भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा प्रवेश गरेको छ । शनिबार राति भएको भएको आफ्नो लिग चरणको अन्तिम खेलमा चेन्नई सुपर किंग्सलाई २७ रनले पराजित गर्दै बैंगलोर प्लेअफमा पुगेको हो ।

बैंगलोर आइपिएलको प्लेअफमा    

समान अंक रहेका चेन्नई, दिल्ली र लखनउलाई नेटरनरेटमा पछि पार्दै बैंगलोर १४ खेलमा १४ अंक जोड्दै चौथो स्थानमा रहँदै प्लेअफ्मा स्थान सुरक्षित गरेको हो । बैंगलोरको घरेलु मैदान एम चिन्नास्वामी स्टेडियम बेंग्लुरुमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो । बैंगलोरका लागि कप्तान फ्याफ डु प्लेसिसले ५४ रनको अर्धशतकीय पारी खेले भने विराट कोहलीले ४७ रन बनाए ।

त्यस्तै रजत पतिडरले ४१ रन जोड्दा क्यामरुन ग्रीनले ३८, ग्लेन म्याक्सवेलले १६ र दिनेश कार्तिकले १४ रन बनाए  ।चेन्नईको लागि शार्दुल ठाकुरले २, तुशार देशपाण्डे र मिचेल स्यान्टनरले एक-एक विकेट लिए । चेन्नईलाई प्लेअफमा क्वालिफाइ हुन २ सय १ रन बनाउनु पर्ने थियो । तर बैंगलोर दिएको २ सय १९ पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन मात्रै बनायो ।

चेन्नेइका लागि रचिन रवीन्द्रले ६१ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै रवीन्द्र जडेजा ४२ रनमा अविजित रहँदा अजिङ्क्या रहानेले ३३ र महेन्द्र सिंह धोनीले २५ रन बनाए । अन्तिम ओभरमा चेन्नईलाई प्लेअफ पुग्नको लागि १७ रन चाहिएको अवस्थामा क्रिजमा मेहेन्द्रसिंह धोनी र रविन्द्र जडेजा थिए । अन्तिम ओभर बलिङ्ग गर्न आएका यस दयालको पहिलो बलमै धोनीले छक्का प्रहार गर्दै सानदार सुरुवात दिलाए ।  तर दोस्रो बलमा उनी आउट भए र अन्तिम ४ बलमा चेन्नईले १ रन मात्रै जोड्न सक्यो ।

बैंगलोरका लागि यश दयालले २, ग्लेन म्याक्सवेल, मोहम्मद सिराज, लोकी फर्गुसन र क्यामरन ग्रीनले एक-एक विकेट लिए । प्रतियोगिता अन्तर्गत आज दिउँसो पौने ४ बजे सनराईजर्स हैदराबाद र पञ्जाब किंग्स भिड्दै छन् भने राति पौने आठ बजे राजस्थान रोयल्स र कोलकाता नाईट राइडर्स आमने-सामने हुँदै छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.