राजनीति

एमाले भक्तपुरको अध्यक्षमा पुन: देउजा

नेपाल कम्युनिष्ट पार्टी (एमाले) भक्तपुरको नवौँ अधिवेशनबाट अध्यक्षमा दोस्रो कार्यकालका वचन देउजा निर्वाचित हुनुभएको छ । यसअघि पनि जिल्ला अध्यक्ष रहनुभएका देउजाले दुई सय ९० मत प्राप्त गर्नुभयो । उहाँका प्रत्यासी मोहनवीर श्रेष्ठले दुई सय एक मत प्राप्त गर्नुभयो । अध्यक्षका प्रत्यासी श्रेष्ठ यसअघि जिल्ला कमिटि सचिव हुनुहुन्थ्यो ।

वचन देउजा

त्यसैगरि उपाध्यक्षमा किरण थापा विजयी हुनुभएको छ । सचिवमा विष्णु तामाङ, उपसचिवमा सानुकाजी कायस्थ र उत्तरा नेपाल विजयी हुनुभएको छ । प्रत्येक वडाबाट सदस्य सङ्ख्याको आधारमा र १८ वटा जनवर्गीय सङ्गठन, सल्लाहकार समेत गरी कूल चार सय ९८ जना अधिवेशन प्रतिनिधि सहभागी थिए । त्यसमध्ये कूल चार सय ९१ मत खसेको थियो । सदस्य र लेखासमितिसमेत गरी एक सय १३ सदस्य निर्वाचित भएको निर्वाचन अधिकृत शिवराम तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.