जन सरोकार

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र कास्कीबाट ११ जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-३२ सुविधानगर बस्ने ६६ वर्षीय केशर कोइरालाको घरमा जुवातास खेलिरहेको अवस्थामा केशर सहित ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जुवातास

प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार २ सय ९५ रूपैयाँ र २१ बुक ताससहित पक्राउ गरेको हो । त्यस्तै कास्की, पोखरा महानगरपालिका-७ रत्नचोक बस्ने अर्जुन कुमार श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ सहित ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १५ हजार २ सय २५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.