जन सरोकार

खुकुरी प्रहार गरी पण्डितको हत्या गरेको अभियोगमा पक्राउ

सुनसरी, इटहरी उपमहानगरपालिका-७ बस्ने २८ वर्षीय भिम भन्ने रामकुमार पण्डितको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३३ वर्षीय उमेश चौधरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही उपमहानगरपालिका-७ रामजानकी टोलमा उमेशले धारिलो हतियार खुकुरी प्रहार गर्दा रामकुमारको घटनास्थलमै मृत्यु भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई खुकुरीसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.