विश्व समाचार

इरानका राष्ट्रपति चढेको हेलिकप्टर ‘हार्ड ल्यान्डिङ’ मा

इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टरको आइतबार दिउँसो ‘हार्ड ल्यान्डिङ’ भएको इरानी सञ्चारमाध्यमलाई उद्धृत गर्दै जेरुसेलम पोस्टले बताएको छ ।

इरानका राष्ट्रपति

घटनको विवरण अहिलेसम्म अज्ञात छ तर प्रारम्भिक रिपोर्टअनुसार राष्ट्रपतिको हेलिकप्टर हुस्सु लागेका कारण दुर्घटना भएको देखिएको छ ।

इरानको तस्निम समाचार एजेन्सीका अनुसार आपत्कालीन सेवाहरूले राष्ट्रपतिको हेलिकप्टरको खोजी गरिरहेका छन् तर उक्त क्षेत्रमा हुस्सुका कारण खोजी प्रयास जटिल भइरहेको छ ।

इरानका विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियान र पूर्वी अजरबैजानमा इस्लामिक न्यायिक संरक्षकका प्रतिनिधि मोहम्मद अली आले–हाशेम तथा ताब्रिजमा शुक्रबारको प्रार्थनका इमाम कथितरूपमा रायसीको हेलिकप्टरमा रहेको जेरुसेलम पोस्टले बताएको छ ।

इरानी आधिकारिक सञ्चारमाध्यमका अनुसार सवारीमा तीन हेलिकप्टर संलग्न थिए । यसमा दुई वटाले सुरक्षित अवतरण गरेको र एउटा दुर्घटनाग्रस्त भएको छ । उक्त जानकारी पूर्वी अजरबैजानका नागरिक मामिलाका उपसंयोजकले प्रदान गरेका हुन् ।

दुर्घटना आइतबार अजरबैजानी–इरानी सीमामा रायसीले अजरबैजानी इल्हम अलियेभसँग भेट गरेको केही घन्टामा भएको हो । थप जानकारीको प्रतीक्षा गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.