राजनीति

कष्टकर भए पनि निषेधाज्ञा पालना गर्नुपर्ने बाध्यता : भट्टराई

कुनै पनि अफ्ट्यारो परेमा आफू र स्वकिय सचिवलाई फोन सम्पर्क गर्न अनुरोध

कास्की निर्बाचन क्षेत्र न २ कि प्रतिनिधि सभा सदस्य बिद्या भट्टराई अधिकारीले कोरोना नियन्त्रणमा एकताबद्ध प्रयास आबश्यक भएको बताउनु भएको छ । भट्टराईले बिहिबार एक प्रेस नोट जारी गर्दै सो कुरा बताउनु भएको हो ।

सांसद भट्टराईले अहिलेको परिस्थितिमा सरकार हर तरहले कोभिडको नियन्त्रण र जोखिम तथा मानवीय क्षति कम गर्न लागिपरेको अबस्थामा सबैले स्वास्थ्य मापदण्डको पालना सहित आआफ्नो ठाउँबाट योगदान दिन समेत हार्दिक आबहान गर्नु भएको छ ।

प्रेस नोटमा भनिएको छ, कोरोना भाइरसको दोश्रो लहर भारतसँगै नेपालमा तिब्ररूप लिएको छ । रोकथामको लागि नेपाल सरकारले उच्च जोखिम क्षेत्रमा निषेधाज्ञा घोषणा गरेको छ । उक्त निषेधाज्ञाले हाम्रो जनजीवन कष्टकर भए पनि कोरोना नियन्त्रणको लागि यसलाई पूर्णतः पालना गर्नुपर्ने बाध्यता रहेको बतउनुभएको छ ।

प्रेस नोटमा उहाँले कोरोना नियन्त्रणको लागि पोखरा महानगरपालिकाको सहयोगमा कास्की क्षेत्र नं २ अन्तर्गत वडा नं २१ स्थित कृष्ती नाच्ने चौरमा रहेको स्वास्थ्य केन्द्रमा ५ बेडको अक्सिजन सहितको आइसोलेशन केन्द्र संचालनको अन्तिम चरणमा पुगेको पनि जानकारी दिनुभएको छ ।

त्यस्तै पोखरा महानगरपालिका वडा नं १६ स्थित मातृ शिशु मितेरी अस्पतालमा प्रदेश सरकारको सहयोगमा अक्सिजन प्लान्ट स्थापना गरिसकिएको, सरकार र पोखरा महानगरपालिकाको सहयोगमा २५ बेडको भेन्टिलेटर र आई सी यु बेड स्थापना गर्ने कार्य अगाडी बढेको तथा साविकको लेखनाथ नगरपालिकाको कार्यालय र साविक वार्ड नं २७ को भवनलाई १०० शैयाको कोभिड अस्पतालमा रूपान्तरित गरि करिब २ हप्तामा सन्चालनमा ल्याउने तयारिका साथ प्रक्रिया अगाडि बढाइएको पनि उहाँले जानकारी दिनुभएको छ ।

त्यसै गरी पोखरा महानगर वडा न ३३ मा पनि ५९ बेड क्षमताको आइसोलेसन केन्द्र निर्माणको काम तीब्र रुपमा अगाडि बढिरहेको जानकारी सांसद भट्टराईले दिनु भएको छ ।

त्यसै गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)बाट समग्र गण्डकी प्रदेशका कोरोना संक्रमित सबै बिरामीहरूलाई निशुल्क उपचार सेवा प्रवाह भइरहेको पनि उहाँले जानकारी दिनुभएको छ ।

स्थानीय सरकार र जनप्रतिनिधिहरू प्रत्यक्ष र जवाफदेहीपूर्ण भूमिका सहित सक्रियताका साथ महामारी नियन्त्रणमा जुटिरहेको भन्दै भट्टराईले निरन्तर सेवामा खटिइरहने सबैप्रति आभार प्रकट गर्नु भएको छ ।

प्रेस नोटमा उहाँले भन्नुभएको छ “आफ्नो जीवनको प्रवाह नगरी संक्रमितहरुको उपचारमा संलग्न सबै स्वास्थ्यकर्मीहरुलाइ उच्च सम्मान गर्दै उहाँहरूको सहयोग र सेवाका लागि आभार ब्यक्त गर्दछु । सुरक्षाकर्मीहरु महामारीको नियन्त्रणमा आफ्नो दायित्व निर्वाह गर्दै खटिरहनु भएको छ । संचारकर्मीहरु महामारी नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्नका लागि महामारीसंग जुध्दै कर्मक्षेत्रमा क्रियाशील हुनुहुन्छ। सबै प्रति उच्च सम्मान ब्यक्त गर्दछु ।”

कोरोना रोकथाम र उपचारमा उच्चच सक्रियता हुँदाहुँदै पनि महामारीको अवस्थामा सिमित साधन स्रोतका कारण हामी चुनौतिको सामना गर्दै यसका विरुद्ध लडिरहेको जनाउँदै उहाँले स्वास्थ्य मापदण्डको पालना गरी उच्च सतर्कताका साथ महामारीका विरुद्ध हामी सबै एकताबद्ध हुनु पर्ने आजको आवश्यकतालाई सबैले मनन् गर्न अपील गर्नुभएको छ ।

उहाँले अहिलेको परिस्थितिमा सरकार हर तरहले कोभिडको नियन्त्रण र जोखिम तथा मानबिय क्षति कम गर्न लागि परेको अबस्थामा सबैजनाले स्वास्थ्य मापदण्डको पालना सहित आआफ्नो ठाउँमा लागि पर्न समेत हार्दिक आव्हान गर्नुभएको छ ।

नोटको अन्त्यमा कोभिडका संक्रमणबाट दिंत हुनु भएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना ब्यक्त गर्दै संक्रमित सबैको शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

साथै उहाँले आफ्नो क्षेत्रका जनताहरु उपचारको अभावमा प्रताडित हुन नपरोस भन्दै कुनै पनि अफ्ट्यारो परेमा आफू र स्वकिय सचिवलाई फोन न ९८४१५४९४२८ र ९८४६२६१५३९ मा सम्पर्क गर्न अनुरोध समेत भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.