राजनीति

बादललाई एमालेभित्रैबाट अन्तरघात! खिमलाल बने राष्ट्रियसभा सदस्य

वाग्मती प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा डा. खिमलाल देवकोटा विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादललाई हराउँदै विजयी हुनुभएको हो ।

नेकपा माओवादी, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधव नेपाल समूहको समर्थन रहेको थियो । देवकोटाले ५०८८ मतभार पाउनुभएको छ भने बादलले ४०१४ मतभार पाउनुभयो ।

बादलको पराजय पार्टीभित्रैको अन्तरघातका कारण भएको निष्कर्ष एमालेले औपचारिक रुपमा स्वीकारेको छ । पार्टी विभाजन रोक्न अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपालबीच सहमित भएर कार्यदल समेत गठन भैसके पनि नेपाल समूहको मत देवकोटालाई परेको दावी छ ।

बिहिबार बसेको नेकपा एमालेको स्थायी कमिटीको बैठक बागमती प्रदेशमा राष्ट्रिय सभा उपनिर्वाचनका उम्मेद्वार गृहमन्त्री रामबहादुर थापा बादललाई पार्टीभित्रैबाट असहयोग भएको भन्दै त्यसबारे छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकपछि प्रतिकृया दिँदै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको जानकारी दिनुभयो । त्यस्तै बैठकले सर्वोच्च अदालतले सांसद नभएकालाई मन्त्रीको जिम्मेवारी निर्वाह नगराउन दिएको अन्तरिम आदेशका बोमा पनि छलफल गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.