स्वास्थ्य

आठ हजार तीन सय पाँच संक्रमित थपिँदा छ हजार पाँचसय ४३ जना संक्रमणमुक्त

नेपालमा कोरोना संक्रमितहरुको संख्या जति बढिरहेको छ निको हुनेहरुको संख्या पनि बढ्दै गएको छ । बिहिबार सार्वजनिक तथ्यांक अनुसार पछिल्लो २४ घटामा ८३०५ जना संक्रमित थपिए भने ६५४३ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै यस अवधिमा १ सय ९० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८७ नमुना परीक्षण गर्दा ८३०५ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ पुगेको छ । उनीहरुमध्ये १ लाख ८ हजार ३८ होम आइसोलसेसनमा छन् ।

संस्थागत आइसोलेसनमा ७ हजार ८१४ जना संक्रमित छन् । उनीहरुमध्ये १७४८ जना आईसीयूमा छन्, जसमध्ये ४९२ जनालाई भेल्टिलेटर सपोर्ट दिइएको छ ।

मन्त्रालयका अनुसार हालसम्म ४ लाख ८८ हजार ६४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ५ हजार ८४७ जनाको मृत्यु भएको छ भने ३ लाख ६६ हजार ९४६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ६५४३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.