क्रिकेटखेल

आइपिएलमा हैदराबादद्वारा पन्जाब ४ विकेटले पराजित  

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले आफ्नो लिग चरणको अन्तिम खेलमा पन्जाब किंग्सलाई पराजित गरेको छ । आइतबार भएको खेलमा हैदराबादले पन्जाबलाई ४ विकेटले पराजित गरेको हो ।

आइपिएल

जितसँगै हैदराबादको शीर्ष दुईमा रहेर क्वालिफायर खेल्ने सम्भावना बलियो बनेको छ । हैदराबादको घरेलु मैदान राजिव गान्धी इन्टरनेशल स्टेडियम हैदराबादमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २१४ रन बनाएको थियो । हैदराबादको लागि प्रभशिम्रन सिंहले ४५ बलमा ७ चौका र ४ छक्कासहित ७१ रन को अर्धशतकीय पारी खेले भने राइली रोसोउले २४ बलमा ३ चौका र ४ छक्कासहित ४९ रन बनाए ।

त्यस्तै अथर्व टैडेले ४६ रन जोड्दा जितेश शर्माले ३२ रन बनाए । हैदराबादका लागि  टि नटराजनले २ विकेट लिए भने प्याट कमिन्स र विजयकान्थले १–१ विकेट लिए । पन्जाबले दिएको २१५ रनको लक्ष्य पछ्याएको हैदराबादले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । हैदराबादको लागि अभिषेक शर्मा २८ बलमा ५ चौका र ६ चौकासहित ६६ रन को अर्धशतकीय पारी खेले भने हेनरिक क्लासेन २६ बलमा ३ चौका र २ छक्कासहित ४२ रन बनाए  ।

यस्तै नितेश कुमार रेड्डीले ३७ रन जोड्दा राहुल त्रिपाठीले ३३ रन बनाए । पन्जाबका लागि अर्शदीप सिंह र हर्षल पटेलले २–२ विकेट लिए भने हरप्रीत ब्रार र शशांक सिंहले १–१ विकेट लिए । जितसँगै हैदराबाद १४ खेलमा ८ मा जित र ५ मा हारसहित १७ अंक जोड्दै दोस्रो स्थानमा छ भने १३ खेलमा ९ मा जित र ३ मा हारसहित १९ अंक जोडेको कोलकाता  शीर्ष स्थानमा रहेको छ ।

यसैगरी राजस्थान १३ खेलमा ८ मा जित र ५ मा हारसहित १६ अंकका साथ तेस्रो स्थानमा रहँदा १४ खेलमा ७ जित र ७ हारसहित १४ अंक जोडेको बैंगलोर चौथों स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.