प्रबास

न्यूयोर्कमा नेपालीपन झल्काउँदै ‘नेपाल डे परेड’

संयुक्तराज्य अमेरिकाको न्यूयोर्कमा बसोबास गर्ने नेपालीहरुले नेपाली कला, संस्कृति, भेषभुषा झल्काउँदै न्युयोर्कको म्यानहाटनमा ‘नेपाल डे परेड’ आयोजना गरिएको छ ।

म्यानहटनको ३८ स्ट्रीट र म्याडिसन एभिन्युबाट सुरु भएको परेड म्याडिसन एभिन्युको २४ स्ट्रीटमा पुगेर औपचारिका सभामा परिणत भएको थियो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युयोर्क च्याप्टर आयोजक र न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूताबास तथा न्युयोर्कमा रहेका अन्य नेपाली संघ संस्थाहरुको सहयोग रहेको थियो ।

सन् २०१६ देखि न्युयोर्कको म्यानहटनमा आयोजना हुँदैआएको नेपाल डे परेड यस वर्ष मे १९ आईतबार गरिएको हो । परेडका अध्यक्ष हेमन मल्ल र संयोजक तेम्बा शेर्पा रहनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.