ठूलो र धनी भारतले नेपालबाट वर्षेनी लैजान्छ तीन खर्ब नेपालमा आउँछ एक खर्ब
भारतले मिचेको भूमिसहित नेपालले आफ्नो नक्सा सार्वजनिक गरेपछि भारतीय संचार माध्ममा यसले निकै महत्व पएको छ तर उनीहरुले दिएको महत्व तथ्य र दुई देशको ऐतिहासिक सम्बन्धको जगमा टेकेर नभै छुद्रता प्रदर्शन भैरहेको छ । यसको एउटा उदाहरण भारतमा रहेका नेपालीहरुप्रति उनीहरुको विषवमन हो ।

भारतीय मिडियाले भारतमा काम गर्ने नेपालीहरुले भारतको दासत्व स्वीकार गर्नुपर्ने जस्ता शब्द प्रयोग गरेपछि नेपालमा यसको व्यापक आलोचना भएको छ । खासमा भारतमा जति नेपाली श्रम गर्छन् र भारतबाट जति रकम भित्रिन्छ त्यसको तीनगुणा बढी रकम भारतीयले नेपालबाट वर्षेनी लैजाने गरेको तथ्य भारतीय मिडियाहरुले कहिल्यै प्रस्तुत गर्दैनन् ।
यथार्थ त के हो भने भारतले सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने मुलुकको सूचीमा नेपाल १० स्थानभित्र पर्दछ । त्यसपछि चीनबाट रेमिट्यान्स बढी भित्र्याउने राष्ट्रको सूचीमा नेपाल ३२ औं स्थानमा छ ।
यो क्रम डेढ दशकअघिदेखि चलिरहेको छ । त्यतिबेला भारतको टाइम्स अफ इण्डियाले भारतमा रेमिट्यान्स भित्रिने विश्वका १० मुलुकमा नेपाल पनि परेको समाचार विवरण छापेको थियो । नेपालले भारतबाट जति सहायताा पाउँछन र नेपालीले श्रम गरेर भारतबाट जति ल्याउँछन् त्योभन्दा धेरै बढी भारतीयले नेपालबाट लैजान्छन् । पछिल्लो तीन वर्षको तथ्यांक हेर्ने हो भने भारतबाट जति रकम भित्रिन्छ त्योभन्दा बढी रकम नेपालबाट भारत जान्छ ।
सन् २०१७ मै अमेरिकाको वासिङ्टनस्थित अनुसन्धान संस्था पियु रिसर्च सेन्टरले गरेको अध्ययन अनुसार भारतबाट भने नेपालमा मात्र १ अर्ब २ करोड १० लाख अमेरिकी डलर (करिब १ खर्ब १५ अर्ब ३७ करोड रुपैयाँ) रेमिट्यान्स भित्रिएको थियो । ३ अर्ब १ करोड ६० लाख अमेरिकी डलर (करिब ३ खर्ब ४० अर्ब ८० करोड ८० लाख रुपैयाँ) रेमिट्यान्स भारत गएको छ ।
सन् २०१७ मा भारतबाट भित्रिएको उक्त रेमिट्यान्स उक्त वर्ष नेपाल भित्रिएको कूल रेमिट्यान्सको १४.६२ प्रतिशत हो । अध्ययनमा सन् २०१७ मा ७२ देशबाट कूल ६ अर्ब ९७ करोड ९० लाख अमेरिकी डलर (करिब ७ खर्ब ८८ अर्ब ६२ करोड ७० लाख रुपैयाँ) रेमिट्यान्स नेपाल भित्रिएको देखाइएको छ । एक वर्षमा जति रेमिट्यान्स भारतबाट नेपाल आउँछ, त्यसको करिब तीन गुणा बढी भारत जाने गरेको छ ।
सो अवधिमा नेपालबाट ६ मुलुकले ३ अर्ब २२ करोड ६० लाख अमेरिकी डलर (करिब ३ खर्ब ६४ अर्ब ५३ करोड ८० लाख रुपैयाँ) रेमिट्यान्स लगेको देखिएको थियो । नेपालबाट रेमिट्यान्स लैजाने ६ मुलुकमा चीनबाहेक सबै दक्षिण एसियाली मुलुक रहेका छन् ।
नेपालबाट साढे ३ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स लैजाने मुलुकमा भारत, चीन, भुटान, पाकिस्तान, श्रीलंका र बंगलादेश छन् । पियुको अध्ययन प्रतिवेदनअनुसार नेपालबाट बढी रेमिट्यान्स लैजाने देशमा क्रमशः भारत, चीन, भुटान, पाकिस्तान, श्रीलंका र पाकिस्तान छन् ।
त्यस्तै नेपालबाट रेमिट्यान्सको रूपमा दोस्रो ठूलो रकम चीन जाने गरेको छ । सन् २०१७ मा नेपालबाट १३ करोड ९० लाख अमेरिकी डलर (करिब १५ अर्ब ७० करोड ७० लाख रुपैयाँ) चीन भित्रिएको छ। नेपालबाट उक्त वर्ष बाहिरिएको कूल रेमिट्यान्सको यो ४.३० प्रतिशत हो ।
सोही वर्ष चीनबाट ५० लाख अमेरिकी डलर (करिब ५६ करोड ५० लाख रुपैयाँ) रेमिट्यान्स नेपाल भित्रिएको थियो, जुन नेपाल भित्रिएको कूल रेमिट्यान्सको ०.०७ प्रतिशत हो । चीनबाट जति रेमिट्यान्स नेपाल भित्रन्छ, त्यसको करिब २८ गुणाभन्दा बढी नेपालबाट चीन जाने गरेको छ ।
सानो नेपालबाट ठूलो भारतले तीन खर्बभन्दा बढी रुपैयाँ श्रम गरेरै लैजान्छ भने दासत्व कसले स्वीकार्ने ? भारतलाई दासत्व स्वीकार गर्ने बानी परेको छ तर नेपालीलाई छैन, भारत दासत्वको जञ्जीरमा जकडिएका बेला नेपाल आफ्नो स्वतन्त्र, स्वाभिमानी अस्तित्व बचाउँदै विश्व साम्राज्य कायम गर्न हिंडेको बेलायतलाई आफ्ना सीमाना कटाएर गौरबका साथ बसेको थियो ।
दासत्व कसको नियति हो ? भारतीय मिडियाहरु जो राज्यको चौथो अंग मानिंदैनन्, उनीहरुले यो विषयमा बहस गर्ने हिम्मत गर्न सक्छन् ? तीन वर्षअघिको यो रिपोर्टमा अहिले पनि कुनै परिवर्तन छैन । अब प्रश्न भारतमा कामगर्नेहरुले भारतको दासत्व स्वीकार गर्नुपर्छ भन्ने भारतीय मिडियाले नेपालमा काम गर्ने भारतीयहरुले नेपालको दासत्व स्वीकार गर्नुपर्छ कि पर्दैन ?