विश्व समाचार

विश्वभर ५१ लाख बढी संक्रमित, तीन लाख २९ हजारको मृत्यु, अमेरिकामा एक हप्तामा २४ लाख बेरोजगार

कोरोनाभाइरसका कारण विश्वभर ३ लाख २९ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बिहीबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा एक लाख ४७४ जना नयाँ संक्रमित भेटिएका छन् । यसअघि अघिल्लो २४ घण्टामा विश्वमा ९४ हजार ८१३ जना नयाँ संक्रमित भेटिएका थिए । विगत २४ घण्टामा विश्वभर ४ हजार ६८५ जनाको ज्यान गएको छ ।

प्राप्त समाचार अनुसार विश्वभर करिब ४५ हजार ७९६ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २६ लाख ९० हजारको स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ ।

युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३५ हजार ७०४ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार ४०३ व्यक्तिको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९४ हजार ९३६ पुगेको छ ।

कोरोनाभाइरसबाट सर्वाधिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्स लगायतका मुलुकमा मृतकको संख्या ३० हजारको हाराहारीमा छ । हालसम्म इटालीमा ३२ हजार ३३०, फ्रान्समा २८ हजार १३२, स्पेनमा २७ हजार ८८८, बेल्जियममा ९ हजार १५०, जर्मनीमा ८ हजार २७० र नेदरल्यान्ड्मा ५ हजार ७४८ जनाको मृत्यु भएको छ ।

दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १८ हजार ८९४ को मृत्यु भएको छ । इरानमा ७ हजार १८३, मेक्सिकोमा ६ हजार, क्यानाडामा ६ हजार, चीनमा ४ हजार ६३४ जनाको मृत्यु भइसकेको छ ।

यसै बीच अमेरिकामा गत हप्ता थप २४ लाख ३० हजार श्रमिकले वेरोजगार बनेको भन्दै आवेदन दर्ता भएका सरकारी अधिकारीले बताएका छन् ।

अमेरिकामा कोभिड–१९ को सङ्क्रमणको प्रभाव देखिएसँगै वेरोजगार दरमा निकै धेरै वृद्धि भएको बताइएको छ । सरकारी तथ्याङ्क अनुसार मार्च महिनाको मध्यदेखि गत हप्तासम्ममा वेरोजगार हुनेको सङ्ख्या तीन करोड ८६ व्यक्ति वेरोजगार बनेका छन् ।

श्रम विभागको तथ्याङ्क अनुसार मे १६ सम्ममा वेरोजगार भत्ताका लागि नयाँ दावी सहितका आवेदनको सङ्ख्यामा अघिल्ला केही हप्ताको तुलनामा केही घटेको छ । इद्यपि अझै पनि बेरोजगार भत्ताका लागि परेका निवेदनमा उल्लेख्य कमी भने आउन सकेको छैन ।

बेरोजगार दरमा पछिल्ला केही वर्ष यताकै उच्च समस्या देखिएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण धेरै राज्यहरूमा नियमित रूपमा औद्योगिक, व्यवसायिक गतिविधिमा स्वतः कमी आउँदा वेरोजगार दरमा उच्च वृद्धि देखिएको विभागले बताएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.