जन सरोकार

साँच्चैका जनसेवी वडाध्यक्ष- आफैं एम्बुलेन्स चलाएर बिरामी अस्पताल पुर्‍याउँछन्

जनताले आफ्नो मत दिएर आफ्ना प्रतिनिधिका रुपमा चयन गरेका जनप्रतिनिधिहरु जनताकोभन्दा आफ्न सेवा सुविधामा रमाइरहेका आरोप लागिरहेका बेला डोटीको दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्का भने साँच्चैको जनप्रतिनिधिका रुपमा सक्रिय हुनुहुन्छ । उहाँ आफैँ एम्बुलेन्स चालक बनेर नागरिकको सेवामा लाग्नुभएको छ ।

वडाध्यक्ष खड्काले आफैँले एम्बुलेन्स चलाएर खुल्लेक गाउँबाट बिरामी लिएर दिपायलस्थित शैलेश्वरी अस्पताल पुर्‍याउनुभयो । खुल्लेककी ६५ वर्षीया राजकुमारी खड्का गाउँमा उपचार नपाएर छटपटाएपछि उहाँको उपचारका लागि वडाध्यक्ष खड्का आफैँले एम्बुलेन्स चलाएर ल्याउनुभएको हो । अस्पतालमा उपचार गर्न लैजाने गाडी नपाउँदा घरैमा बिरामले छटपटाउन थालेको खबर पाएपछि चालक नहुँदा आफैँले एम्बुलेन्स चलाएर बिरामी अस्पताल ल्याएको वडाध्यक्ष राजेन्द्र खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाडी नपाएर बिरामी आमाको बिचल्ली भएको रहेछ, चालक नहुँदा म आफैँ एम्बुलेन्स लिएर लिएर अस्पताल पु¥याएँ, उपचार पाउनुभयो ।” शैलेश्वरी अस्पतालका चालक घर बिदामा भएका कारण एम्बुलेन्स गाउँ लैजान सक्ने अवस्था नभएपछि वडाध्यक्ष खड्काले आफैँ एम्बुलेन्स लगेर बिरामीको उद्धार गर्नुभएको हो । वडाध्यक्ष खड्का एम्बुलेन्स चलाउन सक्ने र लाइन्सेन्स प्राप्त भएकाले आँट गरेर बिरामी लिएर आएको शैलेश्वरी अस्पतालका निर्देशक आइजङ्ग कुँवरले बताउनुभयो ।

कोरोना सङ्क्रमणको जोखिम कम गर्न राज्यले आह्वान गरेको लकडाउनका मारमा रहेको अवस्था वडाका सर्वसाधारणलाई छिटो र सहज उपचारका लागि आफैंले लैजाँदा केही नहुने सोचेर सेवाका भावले एम्बुलेन्स चालक बनेर सेवा गरेको वडाध्यक्ष खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जनताका लागि सकेको सहयोग गर्ने प्रणका साथ मत मागेर चुनाव जितेको हो, जनताको मतको कदर गर्दै सकेको सहयोग गर्नु मेरो दायित्व ठानेर अध्यक्ष भए पनि एम्बुलेन्स चलाएर बिरामी लिएर आएको हुँ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.