विश्व समाचार

सिङ्गापुर एयरलाइन्सको बोइङ विमान दुर्घटनामा एक जनाको मृत्यु, ३० घाइते

सिङ्गापुर एयरलाइन्सको बोइङ ७७७ को लन्डनबाट आउने विमानमा गम्भीर गडबडी भएर मङ्गलबार एक जनाको मृत्यु र ३० जना घाइते भएका छन् । त्यसपछि विमान बैङ्ककमा आपत्कालीन अवतरण गर्न बाध्य भएको थियो ।

सिङ्गापुर एयरलाइन्स

सिङ्गापुुर जाँदै गरेको उडान एसक्यु३२१ ले स्थानीय समयानुसार दिउँसो ३ः४५ बजे अवतरण भएपछि थाई राजधानीको मुख्य विमानस्थलमा बत्ती र साइरनको आवाजका साथ आपत्कालीन सवारीहरू गुडेका थिए ।

जनवरीमा अलास्का एयरलाइन्स ७३७ म्याक्सको फ्युसेलेज प्यानल उडाएपछि तथा सन् २०१८ र सन् २०१९ मा दुई घातक दुर्घटनापछि यो बोइङ विमानसँग सम्बन्धित पछिल्लो दुर्घटना हो ।

सिङ्गापुर एयरलाइन्सले विमानले लन्डनको हिथ्रो विमानस्थलबाट उडान भरेको र मार्गमा ‘गम्भीर अशान्तिको सामना गर्नुपरेको’ बताएको छ ।

“हामी पुष्टि गर्न सक्छौँ कि बोइङ ७७७–३०० इआरमा सवार यात्रुहरूलाई चोटपटक लागेको छ र एक जनाको मृत्यु भएको छ, विमानमा कूल दुई सय ११ यात्रु र चालक दलका १८ सदस्य सवार थिए”, चोटपटकको प्रकृति र गम्भीरताबारे केही उल्लेख नगरी एयरलाइन्सले विज्ञप्तिमा भनेको छ, “१८ जनालाई अस्पतालमा भर्ना गरिएको छ, अन्य १२ जनाको अस्पतालमा उपचार भइरहेको छ ।”

“हाम्रा यात्रु र चालक दलका सदस्यहरूलाई यो उडानमा भोग्नुपरेको पीडादायी अनुभवका लागि हामी गहिरो माफी माग्दछौँ, हामी यस कठिन समयमा सबै आवश्यक सहायता प्रदान गरिरहेका छौँ”, एयरलाइन्सले भनेको छ ।

विमान अन्डमान सागरमाथि मात्र पाँच मिनेटमा एक हजार आठ सय मिटर (छ हजार फिट) देखि तल झरेको उडान ट्र्याकिङ डाटाबाट पत्ता लागेको छ । थाइल्यान्डमा वार्षिक वर्षाको मौसम जारी रहेकाले केही भागमा आँधी आएको बेला यो घटना भएको छ ।

“दिउँसो ३ः३५ बजे विमानस्थललाई सिङ्गापुर एयरलाइन्सको उडानबाट सङ्कटपूर्ण कल प्राप्त भयो, कलमा विमानमा यात्रु अशान्तिका कारण घाइते भएको र आपत्कालीन अवतरणका लागि अनुरोध गरिएको थियो”, सुवर्णभूमि विमानस्थलले विज्ञप्तिमा भनेको छ, “विमान विमानस्थलमा अवतरण भयो र सबै घाइतेको उपचारका लागि चिकित्सकीय टोली पठाइयो ।”

विमानस्थलको विज्ञप्तिमा मृतक विदेशी अर्थात गैरथाई रहेको बताइएको छ । सिङ्गापुरका यातायातमन्त्री चि होङ ट्याटले फेसबुक पोस्टमा यस घटनाबाट ‘गहिरो दुःखी’ भएको र मृतकका परिवारप्रति समवेदना प्रकट गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.