क्रिकेटखेल

हैदराबादलाई पराजित गर्दै कोलकाता आइपिएलको फाइनलमा

कोलकाता नाइट राइडर्स भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पहिलो क्वालिफायर खेलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गर्दै कोलकाता फाइनलमा पुगेको हो ।

अहमदाबादमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले १९.३ ओभरमा सबै विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो । हैदराबादका लागि राहुल त्रिपाठीको ५५ रनको अर्धशतकीय पारी खेले भने हेनरिच क्लासेनले ३२ रन बनाए । त्यस्तै प्याट कमिन्सले ३० रन जोड्दा अब्दुल सामदले १६ रन बनाए । कोलकाताका लागि मिचेल स्टार्कले ३ विकेट लिँदा वरुण चक्रवर्तीले २ विकेट लिए ।

हैदराबादले दिएको १ सय ६० रनको लक्ष्य पछ्याएको कोलकाताले १३.४ ओभरमै २ विकेट गुमाएर पूरा गर्यो । कोलकाताका लागि कप्तान श्रेयस अय्यरले २४ बलमा ५८ रनको अविजित अर्धशतकीय इनिङ खेले भने वेंकटेस अय्यर अविजित रहँदै ५१ रनको अर्धशतकीय पारी खेले । यस्तै सुनिल नारेनले २१ रन जोड्दा रमनुल्लाह गुर्वाजले २३ रन बनाएका थिए ।

हैदराबादका लागि प्याट कमिन्स र टी नटराजनले एक–एक विकेट हात पारे । हारका बाबजुद पनि हैदराबादले फाइनल प्रवेशको लागि अर्को मौका प्राप्त गर्नेछ । आज हुने राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच हुने इलिमेटर खेलको विजेतासँग टोलीले हैदराबादले दोस्रो क्वालिफायर खेल्नेछ भने आज पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.