क्रिकेटखेल

अमेरिकी दूतावासद्वारा सन्दीपलाई भिसा दिन अस्वीकार

नेपाली क्रिकेटका पूर्वकप्तान तथा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले आफूलाई भिसा दिन अस्वीकार गरेको बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् ।

क्रिकेटर सन्दीप लामिछाने

बलात्कार मुद्दामा गत बुधबार पाटन उच्च अदालतबाट सफाइ पाएसँगै सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा जुन १ तारिख देखि सुरु हुने आइसिसी टी–२० विश्वकप खेल्न जाने तयारी गरेका थिए ।  सन्दीपलाई विश्वकपमा पठाउन नेपाल क्रिकेट सङ्घ (क्यान) ले पनि उनीमाथिको निलम्बन फुकुवा गरेको थियो ।

तर अन्तिम समयमा सन्दीपलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ। ‘नेपालस्थित अमेरिकी दूतावासले २०१९ मा जे गरेको थियो अहिले पनि त्यही गर्‍यो’, लामिछानेले फेसबुकमा भनेका छन्, ‘दुर्भाग्य! अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि मेरो भिसा अस्वीकृत भएको छ । नेपाली क्रिकेटका सम्पूर्ण शुभेच्छुकहरुमा माफी चाहन्छु ।’

क्यानका सदस्य दुर्गा पाठकले सन्दीपले भिसा नदिएको कुरा क्यानलाई जानकारी दिएको र क्यानले अझै भिसा प्रक्रियाका लागि सक्दो प्रयास गर्ने बताए । सन्दीपलाई यसअघि २०१९ मा पनि अमेरिकी दूतावासले भिसा दिएको थिएन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.