जल/वातावरण
काठमाडौंसहितका जिल्लामा ३२ जनामा संक्रमणको पुष्टि- संख्या पुग्यो ५ सय ४८
शनिबार विहान काठमाडौंमा थप एकजनासहित विभिन्न जिल्लामा गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा शनिबार विहानसम्म कोरोना भाइरस संक्रमितको संख्या ५ सय ४८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् । योसँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको जनाएको छ ।
सर्लाहीको गोडैता र कविलासी नगरपालिकामा १३ जना संक्रमित भेटिएका छन् । त्यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जना संक्रमित भेटिएका छन् ।
रुपन्देहीमा ८ जना, बारा, चितवन र काठमाडौं जिल्लामा पनि एक एक जना संक्रमित भेटिएका मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्