राजनीति

मधेशका माग पनि सम्बोधन गरी संविधान संशोधन गर्न देउवासंग मधेशवादीको माग

देउवाका आलोचक नेताको साझा बैठक

देउवाका आलोचक नेताको साझा बैठक

सरकारले नेपालको नयाँ नक्सा अनुसार संविधानको अनुसूची ३ मा रहेको विद्यमान प्रावधान सच्याउनका लागि संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि मधेशवादी पार्टीहरुले सोही संशोधनमा आफ्ना मागहरु पनि समावेश गर्न भन्दै राजनीतिक भेटघाटमा सक्रिय भएका छन् ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको सरकारले संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधन गर्न विधेयक संसद सचिवालयमा दर्ता गराएपछि यही बेला आफूहरुले उठाउँदै आएको संविधान संशोधनको मागलाई पनि सम्बोधन गर्नुपर्ने राजपा र समाजवादी नेताहरुले बताएका छन् ।

यसै क्रममा समाजवादी र राजपा नेपालका नेताहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर संविधान संशोधन गर्दा मधेसको माग सम्बोधन गर्न आग्रह गरेका छन् । आउँदो मंगलबार संसदको बैठक बस्दैछ र सोही बैठकबाट संविधान संशोधन हुने अनुमान छ ।

देउवासंगको भेटपछि राजपा नेता राजेन्द्र महतोले अनुसूची संशोधन गर्ने प्रस्ताव ठीक रहेको र यसैमा मधेसका जनताले उठाएका मागहरुलाई पनि प्याकेजमा सम्बोधन गरौं भनेपछि जवाफमा देउवाले पार्टी पदाधिकारीको बैठक राखेर छलफल गर्ने आश्वासन दिनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.