विश्व समाचार

सवा अर्ब जनसंख्या भएको भारतमा सवा लाखमात्र संक्रमित एकैदिन सवालाखको परीक्षण

भारतमा पछिभारतीय स्वास्थ्यमन्त्री डा. हर्ष वर्धनले एक अर्ब ३५ करोड जनसंख्या रहेको भारतमा कोरोना भाइरसका जम्मा १ लाख २५ हजार मात्र संक्रमित भएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो– आज हामीकहाँ तीन प्रतिशत मात्र मृत्युदर रहेको छ र सवालाख मात्र कोरोना भाइरसका संक्रमित रहेका छन् । विश्व स्वास्थ्य संगठनको कार्यकारी बोर्डको अध्यक्षको कार्यभार संहालेपछि शनिबार सम्बोधन गर्दै उहाँले सो जानकारी दिनुभएको हो ।

उहाँले भारतले कोभिड १९ को नियन्त्रण र रोकथामका क्षेत्रमा प्रभाकारी रुपमा काम गरिरहेको जानकारी पनि सो अवसरमा दिनुभएको थियो । उहाँले भारतमा कोरोना भाइरसका संक्रमितहरुको निको हुने दर ४० प्रतिशतभन्दा बढी रहेको जानकारी दिँदै यसलाई सकारात्मक रुपमा लिनुपर्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो– भारतमा निको हुने दर ४० प्रतिशत भन्दा बढी छ र यहाँका संक्रमितहरुको संख्या पनि १३ दिनपछि मात्र दोब्बर हुने गरेको छ । भारतले कोभिड १९ का विरुद्धमा प्रभावकारी रुपमा काम गरिरहेको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा अझै थप सतर्कता लिएर प्रभावकारी रुपमा काम गर्ने पनि बताउनुभयो ।

यसैबीच भारतमा पछिल्लो २४ घण्टाको अवधिमा मात्रै झण्डै सवा लाख मानिसको कोरोना परिक्षण गरिएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार एकै दिनमा कुल एक लाख १५ हजार ३६४ जनाको परिक्षण गरिएको छ ।

भारतको स्वास्थ्य अनुसन्धान परिषद्ले अहिलेसम्म देशभरी कुल २८ लाख ३४ हजार ७९८ जनाको परिक्षण गरिएको जनाएको छ ।परिषद्का अनुसार शनिबार नै सवैभन्दा धेरै जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ ।

परिषद्का अधिकारीहरुले एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै छ हजार ६५४ जनामा शनिबार कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि गरिएको जनाएका छन् । यो पछिल्लो तथ्यांकसँगै भारतमा मात्रै कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरुको कुल संख्या एक लाख २५ हजार १०१ पुगेको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरसका कारण १३७ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ ।मन्त्रालयले योसँगै भारतमा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या तीन हजार ७२० पुगेको पनि जानकारी दिएको छ ।

भारतमा अहिले पनि कुल ६९ हजार ५९७ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु ५१ हजार ७८४ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.