विश्व समाचार

बेपत्ता बङ्गलादेशी सांसद अनवारुल अजिमको कोलकातामा हत्या

बङ्गलादेशको सत्तारूढ पार्टीका सांसद अनवारुल अजिम बुधबार कोलकातामा मृत फेला पर्नुभएको छ । उहाँ गत शनिबारदेखि बेपत्ता हुनुहुन्थ्यो ।

भारतमा वेपत्ता बङ्गलादेशी सांसद्को

बङ्गलादेशका गृहमन्त्री असदुज्जमान खानले ढाकामा पत्रकार सम्मेलनमा सांसद अजिमको कोलकातामा हत्या भएको बताउनुभयो । बङ्गलादेश समाचारपत्र डेली स्टारका अनुसार बुधबार आफ्नो निवासमा पत्रकाहरूसँग मन्त्री खानले यस सिलसिलामा बङ्गलादेश प्रहरीले तीन जनालाई पक्राउ गरेको जानकारी दिनुभयो ।

“यसमा संलग्न सबै हत्यारा बङ्गलादेशी भएको हामीले अहिलेसम्म थाहा पाएका छौँ, यो सुनियोजित हत्या थियो”, उहाँले भन्नुभयो । शवको ठेगानाबारे सोध्दा उहाँले आफूलाई अहिलेसम्म थाहा नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी चाँडै तपाईंहरूलाई यसको मनसायबारे सूचित गर्नेछौँ ।” भारतीय प्रहरीले मामिलामा सहयोग गरिरहेको उहाँले जानकारी दिनुभयो ।

बेपत्ता सांसद अजिम मे १२ मा भारत प्रवेश गरी मे १३ मध्याह्नतिर साथीहरूसँग मेडिकल जाँचका लागि कोलकाता नजिकैको विधाननगरस्थित एक घरमा अन्तिम पटक देखिनुभएको थियो

कोलकाताको बिधाननगरमा रहेको पारिवारिक मित्रका अनुसार अजिमले दिल्ली जाने बताउनुभएको थियो तर मे १३ देखि हालसम्म उहाँसँग सम्पर्क भएको छैन । ढाकामा उहाँको परिवार तथा विधाननगरमा मित्रसँग मोबाइल सन्देशहरू मात्र आदानप्रदान भएको छ । सन्देशहरूले उहाँको दिल्ली जाने उद्देश्य रहेको सङ्केत गरेका छन् ।

सञ्चारको अभाव र अचानक कथितरूपमा बेपत्ता भएकाले चिन्तित सांसदकी छोरीले आफ्नो बुबासँग सम्पर्क गर्न नसक्ने जानकारी पाएका सांसदका पारिवारिक मित्र गोपाल विश्वासले कोलकातास्थित विधाननगरको बारानगर प्रहरी चौकीमा बेपत्ता भएको उजुरी दिएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.