प्रबास

गोर्खा वार्ता टुंगोमा पुर्याउन बेलायती प्रधानमन्त्रीलाई ज्ञापनपत्र

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लामो समयदेखि थाँती रहेको भूतपूर्व गोर्खा सैनिकसंगको जारी वार्ता टुंग्योमा पुर्याउँदै उनीहरुका माग पूरा गर्न बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई ज्ञापनपत्र बुझाएको छ ।

संघका अध्यक्ष प्रेम गाहा मगरले नेपाल-बेलायत मैत्री सन्धिको शतवार्षिकीका अवसरमा सोमबार प्रधानमन्त्री सुनकलाई तीन बुँदे ज्ञापनपत्र बुझाउनुभएको हो ।

टेन डाउनिङ स्ट्रिटस्थित बेलायती प्रधानमन्त्री कार्यालयमा आयोजित विशेष समारोहपछि बुझाइएको ज्ञापनपत्रमा भूतपूर्व गोर्खा भेट्रानको विदा अवधि बढाउन र जारी गोर्खा वार्ता टुंगोमा पुर्‍याउन माग गरिएको छ ।

ज्ञापनपत्रमा गोर्खा भेट्रानलाई नेपाल जाँदा हाल दिइएको एक महिना विदा अपुग भएको भन्दै यसलाई बढाएर तीन महिना व्यवस्था गर्न माग गरिएको छ ।

त्यसैगरी बेलायत र नेपाल सरकारबीच भइरहेको गोर्खा वार्ता परिणाममुखी नभएको स्मरण गराउँदै गाहा मगरले ज्ञापनपत्रमा यसको शीघ्र समाधानका लागि आग्रह गर्नुभएको छ ।

ज्ञापनमा १ जुलाई, १९९७ अघि अवकास प्राप्त गोर्खाहरुलाई सन् १९४७ को त्रिपक्षीय सन्धि अनुरुप समान पेन्सन र सेवा सुविधाबाट वन्चित गरिएको उल्लेख गर्दै २०१८ को प्राविधिक समितिको रिपोर्टकै आधारमा अधिकार दिन पनि माग गरिएको छ ।

ज्ञापनपत्रमा नेपाल(बेलायत सम्बन्धको २०८ वर्ष लामो अवधिमा हालसम्म कुनै पनि बेलायती प्रधानमन्त्रीले नेपाल नेपाल भ्रमण नगरेको सन्दर्भ उठाउँदै सुनकलाई अनुरोध सहित निमन्त्रणा पनि गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.