राजनीति

डा. तोसिमाले देखेको यो देश नबन्नुको कारण

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. तोसिमा कार्कीले कान्तिपुरका प्रकाशका कैलाश सिरोहियाको गिरफ्तारीपछि भैरहेका टिप्पणीहरुलाई विलेषण गर्दै देश किन बनेन भन्नेमा आफू स्पष्ट भएको टिप्पणी गर्नुभएको छ ।

चिकित्सा क्षेत्र छाडेर समाज सुधार गर्दै देशमा केही गर्ने अठोटका साथ राजनीतिमा होमिनुभएकी डा. कार्कीले सिरोहियाको गिरफ्तारीपछि शोध प्रतिरोध र पक्ष विपक्षको खेलले देश नबनेको बताउनुभएको छ ।

संसददेखि सडकसम्म र संसदीय समितिहरुमा विषयगत रुपमा बुँदाबुँदा केलाएर बहस गर्ने क्षमता राख्ने डा. कार्कीले सामाजिक सञ्जालबाट अहिलेको घटनाक्रमबाट देश नबनेको होइन नबनाइएको स्पष्ट भएको बताउनुभएको हो ।

उहाँ लेख्नुहुन्छ- “जबसम्म नेताहरुका चरित्रमा गुरुत्वाकर्षण झैँ “कुर्स्याकर्षण” हावी भइरहन्छ तब सम्म सरकार, मन्त्री, संसद, सांसद, कर्मचारी यस्तै शोध र प्रतिशोधको खेलमा अभ्यस्त भइरहन्छन्। कोही खेल्ने, कोही खेलाउने, कोही रेफ्री ! अनि कोही हामी जस्ता प्रत्यक्षदर्शी जसलाई मिहिन ढङ्गले हेक्का हुँदैछ देश त्यसै नबनेको होइन नबनाइएको रहेछ। नियतबस् !!”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.