समाचार

बैंगलोरलाई पराजित गर्दै राजस्थान आइपिएलको क्वालिफायर-२ मा

राजस्थान रोयल्स भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)को क्वालिफायर-२ मा प्रवेश गरेको छ । बुधबार भएको इलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ विकेटले पराजित गर्दै राजस्थान क्वालिफायर-२ मा प्रवेश गरेको हो ।

राजस्थान आइपिएलको क्वालिफायर-२ मा

अहमदाबादमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोर निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । बैंगलोरका लागि रजत पतिदरले ३४ रन बनाए भने विराट कोहलीले ३३ रन जोड्दा महिपाल लोम्रोरले ३२ र क्यामरन ग्रीनले २७ रनको योगदान दिए ।

त्यस्तै कप्तान फाफ डु प्लेसिस १७ रन बनाई आउट भए भने दिनेश कार्तिकले ११ रन जोडे । राजस्थानका लागि आवेश खानले ३, रवीचन्द्रण आश्विनले २, ट्रेन्ट बोल्ट, सन्दीप शर्मा र युजभेन्द्र चहलले एक-एक विकेट । बैंगलोरले दिएको १ यस ७३ रनको लक्ष्य राजस्थानले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो  ।

राजस्थानका लागि यशस्वी जैसवालले ४० रन बनाए भने रियान परागले ३६ रन जोडे । यस्तै सिमरन हेटमायरले २६ रन जोड्दा टम कोहलर-क्याडमोरले २० रन जोडे भने रोभमन पावेल १६ रनमा नट आउट रहे । बैगलोरका लागि मोहम्मद सिराजले २, लोकि फर्गुसन, कर्न शर्मा र क्यामरन ग्रीनले समान एक/एक विकेट दिलाए ।

अब शुक्रबार हुने दोस्रो क्वालिफायरमा राजस्थानले सनराइजर्स हैदराबादसँग खेल्नेछ । क्वालिफायर-१ मा हैदराबाद कोलकातासँग ८ विकेटले पराजित भएको थियो । यता कोलकाता भने फाइनल पुगिसकेको छ । क्वालिफायर-२ जित्ने टोलीले आइतबार कोलकातासँग उपधिको लागि खेल्नेछ ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.