राजनीति

यस्तो छ नागरिकता अध्यादेशको नालीबेली (पूर्ण विवरण)

२०७२ असोज ३ भन्दा अगाडि जन्मका आधारमा नागरिकता लिएकाहरुको नाबालिग सन्तानलाई वंशजको नागरिकता

२०७५ साल साउन २२ गते नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न ल्याएको विधेयक प्रतिनिधिसभामा दर्ता गराएको थियो । विधेयकमाथि संसदीय समितिमा व्यापक छलफल चलिरह्यो, विवाद, आरोप र असहमति जस्ताको तस्तै रहेपछि यो विधेयक संसदमा अडकिएको छ ।

नागरिकता विधेयकमा रहेका कतिपय प्रावधानले मुलुकलाई दीर्घकालसम्म गम्भीर असर पर्ने, राष्ट्रिय स्वाधीनतामाथि आँच आउने भन्दै बिरोध भैरहँदा मधेश केन्द्रित दलहरु भने आफूहरुले भनेजस्तै हुनुपर्ने अडानमा कायम रहेका बेला नागरिकता सम्बन्धी अध्यादेश ल्याइएको छ ।

नागरिकता अध्यादेशमा सबैभन्दा आलोचना गरिएको नेपाली आमाबाट जन्मेका बालबालिकालाई नागरिकता दिने प्रावधान भनिए पनि यसमा स्पष्ट रुपमा कडाईका साथ प्रावधान राखिएको छ । अध्यादेशको उपदफा (५) मा भनिएको छ– “नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ ।”

सो प्रावधानलाई खण्डन गर्ने गरी उपदफा (६) मा लेखिएको छ– “उपदफा (५) बमोजिम नागरिकता प्राप्त गरेको कुनै व्यक्तिको बाबु विदेशी रहेको ठहरेमा त्यस्तो व्यक्तिले वंशजको आधारमा लिएको नागरिकता कायम रहने छैन र निजले बाबुको नागरिकताको आधारमा विदेशी मुलुकको नागरिकता प्राप्त नगरेको भनी तोकिए बमोजिमको स्वघोषणा गरेमा निजको नागरिकतालाई अंगीकृत नागरिकतामा परिणत गरिनेछ ।”

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली पुरूषसँग विवाह गरी आएकी विदेशी महिलालाई ७ वर्षपछि नेपाली नगारिकता दिने गरी प्रावधान राखेको थियो तर अध्यादेशमा त्यस विषय उल्लेख छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.