राजनीति

देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश माग्ने रीटमा माधव नेपाल पक्षका २३ सांसद

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बहुमत सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त गरी प्रतिनिधिसभा पुनःस्थापना गर्न सर्वोच्च अदालतमा दिने रीट निवेदनमा माधव कुमार नेपाल पक्षबाट २३ सांसदले हस्ताक्षर गरेका छन् ।

देउवाले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष दावी गरे पनि राष्ट्रपतिले नियुक्त नगर्नु असंवैधानिक भन्दै विपक्षी गठबन्धनका सांसदहरुले सोमबार सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गरेका छन् ।

यसअघि राष्ट्रपति कार्यालयमा देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गरेका तीनजना सांसद गोकर्ण विष्ट, पवित्रा निरौला खरेल र गणेश पहाडीले भने हस्ताक्षर गर्नुभएको छैनन् ।

हस्ताक्षर गर्ने सांसदहरुमा झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन र झपट रावल रहेका छन् ।

त्यस्तै निरादेवी जैरू, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, कलिला खातुन, पुष्पाकुमारी कर्ण कायस्थ, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, दीपकप्रकाश भट्ट, नारायण खतिवडा र मेटमणि चौधरीले पनि सर्वोच्चमा रिट दायर गर्न हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.