राजनीति

जसपा अध्यक्ष यादवसहितका नेता महाधिवेशन प्रतिनिधिमा निर्विरोध

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टीको महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन हुनुभएको छ ।

अध्यक्ष उपेन्द्र यादव

बिहीबार गृह जिल्ला मोरङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ५ बाट उहाँ सर्वसम्मत् रुपमा प्रतिनिधि चयन हुनुभएको हो । अध्यक्ष यादवले महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएकोमा सम्पूर्ण पार्टी पङ्क्ति एवम् निर्वाचन समितिलाई धन्यवादज्ञापन गर्नुभयो ।

सोही क्षेत्रबाट अध्यक्ष यादवसँगै जयराम यादव, सुरेशप्रसाद सिंह गनगाई, भोगेन्द्र यादव, सदिना खातुन, जोगीलाल यादव, विनिता सिंहलगायत नेताहरूसमेत महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन हुनुभयो ।

जसपा नेपालको प्रथम राष्ट्रिय महाधिवेशन यही जेठ २८, २९ र ३० गते जनकपुरमा हुँदैछ । अहिले देशैभरिबाट महाधिवेशनका लागि प्रतिनिधि चयन भइरहेका जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.