क्रिकेटखेल

सन्दीपको स्थान सुरक्षित राखेर अन्तिम नामावली पठाउने

नेपाल क्रिकेट संघ (क्यान)ले टी २० विश्वकप क्रिकेट प्रतियोगिताका लागि सन्दीप लामिछानेको स्थान सुरक्षित राखेर १४ जनाको मात्र अन्तिम नामावली पठाउने भएको छ ।

काठमाडौंस्थित अमेरिकी दूताबासले सन्दीपलाई भिसा नदिएपछि विश्वकप खेल्ने अन्तिम १५ जना खेलाडीको नाम यही मे २५ सम्म पठाउनुपर्ने भएपछि क्यानले १४ जनाको नाम पठाएर सन्दीपको स्थान खाली राख्ने भएको हो ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दका अनुसार आईसीसीलाई यस विषयमा जानकारी गराइएको र एकजनाको नाम केही दिनभित्र पठाउने जानकारीसहितको तयारी भैरहेको छ ।

सन्दीपको भीसाका लागि क्यानले पुनः पहल गर्ने र त्यस क्रममा पनि भिसा नदिए सन्दीपको साटो अमेरिकामै रहेका खेलाडीलाई अन्तिम १५ मा समावेश गर्ने अध्यक्ष चन्दले दिनुभयो ।

सन्दीपलाई भिसा नदिएपछि नेपाली युवाहरु आक्रोशित भैरहेका बेला अमेरिकी दूताबासले भिसा नदिनुको कारण खुलाउन नसक्ने भन्दै कैलाश सिरोहियाका विषयमा चासो देखाउँदै वक्तव्य जारी गरेको थियो ।

सोही वक्तव्यमा नेपालीहरुले व्यापक रुपमा आक्रोशपूर्ण प्रतिक्रिया दिएपछि दूताबासले सन्दीपको हकमा भिसा नदिनुको कारणमाा आफू स्पष्ट रहेको तर त्यो सार्वजनिक गर्न नमिल्ने बताएको थियो ।

स्मरणीय छ, विश्वकसको आयोजक राष्ट्र अमेरिकाले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को अनुमतिमा विश्वकपमा सहभागी एक देशका खेलाडीले भिसा माग्दा अस्वीकारा गर्नु राम्रो संकेत नगरेको टिप्पणी भैरहेको छ ।

आइसिसी टी–२० विश्वकप आउँदो जुन १ तारिखदेखि संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा सुरु हुनेछ । विश्वकपको तयारीका लागि नेपाली खेलाडी एक महिना अघि नै अमेरिका पुगेका थिए ।

अमेरिकाले सन्दीपलाई भिसा नदिनुको कारण सन् २०२० मा भएको आईसीसी लिग २ मा भएको नेपाल र अमेरिकाबीचको खेललाई लिन लिन थालिएको छ । उक्त खेलमा अमेरिका विश्व कीर्तिमानी हारका सामना गर्नुभएको थियो ।

सो खेलमा सन्दीपले जीवनकै उत्कृष्ट प्रदर्शन गर्दै अमेरिकाको ६ विकेट एक्लै लिएका थिए । ५० ओभरको खेलमा अमेरिका ३५ रनमा अलआउट भएको थियो । यो हारको रेकर्ड अहिले पनि कायम छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.