कर्पोरेट/पर्यटन

धावनमार्गमा समस्या देखिँदा एक घण्टा उडान अवरुद्ध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा समस्या देखिँदा एक घण्टा उडान अवरुद्ध भएको छ । विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाका अनुसार धावनमार्गमा ‘क्रयाक’ भएपछि आज दिउँसो ११ः४५ देखि १२ः४५ बजेसम्म उडान अवरुद्ध भएका थिए ।

धावनमार्गमा समस्या

“धावनमार्गमा क्रयाक भएपछि करिब एक घण्टा उडान रोक्नु परेको थियो”, उहाँले भन्नुभयो, “पहिले पनि बर्खा र गर्मी महिना सुरु हुने समयमा यस्तो समस्या देखिन्थ्यो ।”

उहाँका अनुसार धावनमार्गमा क्रयाक देखिएपछि केही विमानलाई आकाशमै होल्डमा राख्नु परेको थियो । उहाँका अनुसार अहिले विमानस्थल सञ्चालन भइसकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.