जन सरोकार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

करिब ६६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलबस्तु महाराजगंज नगरपालिका-२ मनवलिया बस्ने ३४ वर्षीय शिव कुमार कुर्मीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

कुर्मीले ती महिलालाई दाङ घोराहीस्थित पीडितकै घरमा ढोका फोडेर प्रवेश गरी बुधबार राति जबरजस्ती करणी गरी फरार रहेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.