जन सरोकार

अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

ताप्लेजुङ, फुङलिङ नगरपालिका-४ कोप्चे लाईनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम र नगद ३७ हजार ५ सय रूपैयाँसहित सोही नगरपालिका-७ बस्ने ४८ वर्षीय प्रेम कुमार गुरुङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ र नगदसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा गुरूङले उक्त लागूऔषध सोही नगरपालिका-१ बस्ने ३७ वर्षीय चन्द्र बहादुर लिम्बुसँग खरिद गरेको खुल्न आएपश्‍चात प्रहरीले लिम्बुलाई समेत पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.