राजनीति

उद्योग-धन्दाहरुलाई सहुलियत, स्वरोजगारका लागि कृषिमा प्राथमिकता (भिडियोसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणको महामारी अझै फैलिने अवस्थामा रहेको बताउँदै यसको रोकथाम र नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीयको समन्वयमा प्रभावकारी कार्य गर्ने र यो समयमा राम्रो काम गर्नेलाई प्रोत्साहन र बदमासी गर्नेलाई कडा दण्ड दिइने बताउनुभएको छ ।

सोमबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुरुवाती अवस्थामा दुई अंकमा नपुगेको संक्रमितको संख्या अहिले बढ्दै गएको र यसको सामना गर्न सबैको साथ र सहयोग आवश्यक रहेको पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले एकमात्र प्रयोगशालाबाट शुरु भएको परीक्षण अब सातै प्रदेशका २० भन्दा बढी प्रयोगशाला स्थापना गरी बिस्तार भएको बताउँदै विज्ञहरुको राय सुझावका आधारमा देशको कुल जनसंख्याको कम्तीमा दुई प्रतिशत जनतामा कोरोना भाइरसको परीक्षण विस्तार गरिने पनि बताउनुभएको छ । ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कोरोना भाइरस संक्रमणबाट बच्न खानपान, व्यायामम र सरसफाई महत्वपूर्ण रहेको भन्दै आम देशबासीलाई सामाजिक दूरी कामय गरेर घरमै बस्न, सन्तुलित भोजन गर्न र हल्का व्यायाम गर्न सुझाव दिनुभयो । उहाँले अहिले धनी र गरीबको कुनै भेद नभएको र धनीदेखि गरीबसम्मको भान्छामा कतिपय कुरा एकथरिको हुने भन्दै हाम्रा पुर्खाले स्वस्थ र निरोगी रहन उतिबेलै आविस्कार गरेका सूत्रहरुको पालना गर्न पनि सुझाव दिनुभयो ।

लकडाउनको समयमा आपूर्ति तथा स्वास्थ्य उपकरण स्थानीय तहसम्मै पु¥याउन बन्दोबस्ती गरिने बताउँदै भारतबाट फर्केका नेपालीहरुले सामान्य नियम पालना नगर्दा संक्रमण बढेको बताउँदै विदेशमा रहेका नेपालीहरुको सुरक्षाका लागि सरकारले काम गरिरहेको जानकारी दिनुभयो ।

त्यस्तै प्रधानमन्त्री ओलीले कारोना महामारीबाट हुने आर्थिक क्षतिबाट बच्न कृषि एकमात्र विकल्प भएकाले कृषिलाई प्राथमिकता दिने र कृषि उत्पादनको बजारसम्मको पहुँचमा कायम रहेको बिचौलियालाई निरुत्साहित गरिने र कृषि उत्पादनमार्फत आत्मनिर्भरको बाटोमा जाने र स्वरोजगार सिर्जना गरिने बताउनुभयो ।

त्यसै गरी सरकारले कोरोनाका कारण संकटमा परेका उद्योगहरुलाई कर छ्ट, ऋण सहुलियत, विद्युत महसुल छुट लगायतका क्षेत्र रहने र यसका लागि अर्थमन्त्रालयले छिट्टै नीति ल्याउने बताउनुभएको छ । त्यस्तै श्रम गर्न नसक्नेलाई राहत दिने पनि उहाँले घोषणा गर्नुभएको छ ।

https://www.facebook.com/nepaljapanofficial/videos/626911364569567/
 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.