जापान

टोकियो र होक्काइदोको संकटकाल हटाइएसंगै जापान संकटकालमुक्त

कोरोना भाइरस संक्रमण नियन्त्रणमा उल्लेखनीय सफलता हाँसिल गरेको जापानले आज (मे २५)बाट राजधानी टोकियो र होक्काइदोमा लगाइएको संकटकाल हटाएको छ । प्रधानमन्त्री शिन्जो आबेले दुई क्षेत्रको संकटकाल हटाएको घोषणा गर्नुभएको हो ।

अघिल्लो साता क्योटो, ओशाकासहित तीन प्रान्तको संकटकाल कटाइएको थियो । दुई क्षेत्रमा लगाइएको संकटकाल हटाइएसंगै जापानमा अब कुनै पनि प्रान्तमा संकटकाल लागू छैन । संकटकाल हटाउनुअघि सरकारी अधिकारीहरुले विज्ञहरुको सुझाव लिएका थिए । उनीहरुकै सुझाव अनुसार संकटकाल हटाइएको हो ।

भाइरस संक्रमणको दर निकै कम हुँदै गएपछि सरकारले विभिन्न प्रान्तहरुमा संकटका हटाउँदै गएको थियो । तर राधजानी टोकियोसहित कानागावा, साइतामा, चिबा तथा होक्काइदोमा जारी रहेको थियो ।

जापानमा अप्रिलबाट देशव्यापी संकटकाल लागू थियो । गत हप्तासम्म ४२ प्रान्तबाट संकटकाल हटाइएको थियो । संकटकाल हटाइए पनि सरकारले संक्रमणबाट बच्न हरसम्भव प्रयास गर्न र सामाजिक दूरी कामय गर्न आव्हान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.