जापान

विवादमा रहेको प्रवासी नेपाली मञ्च जापान एकता गर्न कार्यदल गठन

सत्तारूढ पार्टी नेकपा एमालेको विवाद भातृ संगठनहरूमा समेत पर्दैगर्दा प्रवासमा रहेका संगठन भने आपसी सहमितमा एकता गर्न तम्सिएका छन् । एमाले निकट प्रवासी संगठनमा दुई चिरा परे पनि पार्टी चुनाव चिन्ह र मुलुकको ठूलो पार्टी एक ढिक्का बनाउने भन्दै कार्यदल बनाएर अघि बढने तयारी गरेका हुन् ।

प्रवासी नेपाली मञ्च जापान र प्रवासी नेपाली एकता मञ्च जापान भनेर दुई धारमा विवाजित भएर अलग्गै संगठन बनाएका कार्यकर्ता तथा संगठित युवाहरूको जमातले आन्तरिक विवाद मिलाउन भन्दै दवाव दिएरै कार्यदल बनाएको बताइएको छ । आइतबार एक भेला गरी नौ सदस्यीय विवाद मिलाउन भन्दै कार्यदल बनाएको हो ।

प्रवासी मञ्चका नेता महेन्द्रकुमार अधिकारीको संयोजकत्वमा नौ सदस्यीय कार्यदल बनाएको हो । २०औं अधिवेशनबाट प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी जापानको अध्यक्ष समेत रहेका महेन्द्रकुमार श्रेष्ठ नेपालमा जनप्रतिनिधी पदमा निर्वाचित भएपछि अबको संगठन विवादरहित निर्माण गरि नयाँ ढंगले बनाउने जिम्मा  उनको कॅाधमा थियो ।

पर्वतको पैंयु गाउपालिका वडानम्वर चारका वडा अध्यक्ष समेत रहेका श्रेष्ठलाई जापानबाट औपचारिक बिदाई  गर्दै दुई संगठनलाई एक गर्ने चुनौती अधिकारीले जिम्मा पाएका हुन । नयॅा कार्यदलले सवैपक्षलाई भेला गरेर नयॅा संरचनामा जान दवाव दिने छ, कार्यदल संयोजक अधिकारीले नेपालजापान डटकमलाई भने।

नवगठित कार्यदलको सदस्यहरूमा राजेन्द्र श्रेष्ठ, विकास पौडेल, सागर रिजाल, गम्बिरजंग बस्नेत, अनुजराज क्षेत्री, राकेश रुम्बा, मनोज श्रेष्ठ र विरोध चालिसे रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.