जापान

घुम्ती सेवाबाट तीन करोड ८७ हजार येन राजश्व संकलन

नेपाली राजदूताबास जापानले जापानबासी नेपालीहरुको सुविधाका लागि आयोजना गरेको राहदानी सम्बन्धी घुम्ती सेवाबाट नेपाल सरकारलाई तीन करोड ८७ हजार येन राजश्व प्राप्त भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको संयोजन र क्षेत्रीय समितिहरुको व्यवस्थापनमा सम्पन्न घुम्ती सेवामा एक हजार ८ सय ६ जनाले राहदानी सम्बन्धी विभिन्न सेवा लिंदा सो परिमाणको राजश्व संकलन भएको हो ।

यही मे १८ देखि २४ तारिखसम्म हिमालयन इन्टरनेशल स्कूल कोइबा र एभरेष्ट इन्टरनेशनल स्कूल टोकियोमा सञ्चालित राहदानी सम्बन्धी कार्यका लागि सप्ताहव्यापी टोकियो( चिबा घुम्ती सेवा(२०२४ मार्फत जापानमा रहेका १ हजार ८ सय ६ जनाले सेवा लिएका हुन् ।

नेपाली दुतावास टोकियो जापानको आयोजना गैर आवासीय नेपाली संघ जापानको संयोजनसहितको सहकार्य तथा एनआरएनए जापान क्षेत्रीय समिति कान्तो, एनआरएनए जापान क्षेत्रीय समिति चिबाको व्यवस्थापकीय सहयोग एवं जापानमा रहेका अन्य नेपाली संघ संस्थाहरुको सहयोगमा घुम्ती सेवा सम्पन्न भएको हो ।

घुम्ती सेवा सफलतापूर्वक सम्पन्न भएपछि गैरआवासीय नेपाली संघ नापानले एक विज्ञप्ति मार्फत टोकियो चिवा घुम्ती सेवा २०२४ सञ्चालनका लागि स्थल उपलब्धतासहित व्यवस्थापन गरिदिने एभरेष्ट इन्टरनेशनल स्कूल टोकियो र हिमालयन इन्टरनेशल एकेडेमी स्कुल कोइबाका व्यवस्थापन समितिका पदाधिकारी प्रिन्सिपल सहित शिक्षक कर्मचारीप्रति विशेष आभारसहित आगामी दिनमा यस्तै सहकार्यको अपेक्षा गरिएको छ ।

एनआरएनएले घुम्ती सेवा संयोजक सुभास लामिछाने, एनआरएनए जापानका अध्यक्ष, उपाध्यक्ष,महासचिव लगायत सम्पूर्ण कार्यसमितिका पदाधिकारी तथा सदस्य, एनआरएनए अभियन्ता, समाजसेवी, जापानमा क्रियाशील रहनु भएका संघ संस्थाहरुमार्फत स्वयम् सेवा कार्यमा खटिने सबैप्रति आभार प्रकट गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.