क्रिकेटखेल

राजस्थानलाई पराजित गर्दै हैदराबाद आइपिएलको फाइनलमा

सनराइजर्स हैदराबाद भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको क्वालिफायर-२ को खेलमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै हैदराबाद फाइनलमा पुगेको हो ।

अब उपाधिको लागि हैदराबादले आइतबार कोलकाता नाइट राइडर्ससँग भिड्ने छ । चेन्नईमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । हैदराबादका लागि हेनरिच क्लासेनले ५० रनको अर्धशतकीय पारी खेले भने ट्रभिस हेडले ३४ रन बनाए । त्यस्तै, राहुल त्रिपाठीले ३७ रन जोड्दा सहबाज अहमेदले १८ र अभिषेक शर्माले १२ रन बनाए ।

राजस्थानको लागि ट्रेन्ट बोल्ट र आभेश खानले समान ३-३ विकेट लिए भने सन्दीप शर्माले २ विकेट लिए । हैदराबादले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाउन सक्यो । राजस्थानको लागि लागि ध्रुव जुरेलले अविजित रहँदै ५६ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै, यशस्वी जैसवालले ४२ रन जोड्दा टोम खोलेर क्याडमोर र सन्जु स्यामसनले १०-१० रन बनाउनु अन्य खेलाडीले दोहोरो स्कोरमा रन बनाउन सकेनन् ।

हैदराबादको लागि शहबाज अहमदले ३ विकेट लिए भने अभिषेक शर्माले २ विकेट लिँदा कप्तान प्याट कमिन्स र टी नटराजनले १–१ विकेट लिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.