क्रिकेटखेल

नेपालद्वारा ह्युस्टन हरिकेन्स ६ रनले पराजित 

टी-२० विश्वकपका लागि अमेरिकामा रहेको नेपालले टी-२० अभ्यास खेलमा घरेलु टोली ह्युस्टन हरिकेन्सलाई पराजित गरेको छ । शुक्रबार राति भएको खेलमा नेपालले ह्युस्टन हरिकेन्सलाई ६ रनले पराजित गरेको हो ।

नेपालद्वारा ह्युस्टन हरिकेन्स ६ रनले पराजित 

ह्युस्टनको प्रेरी भ्यु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो । नेपालका लागि अनिलकुमार शाहले ३० बलमा ४७ रन बनाए भने  कप्तान रोहितकुमार पौडेलले २३ रन जोडे । त्यस्तै सन्दीप जोराले २१ रन जोड्दा गुलसन झाले २० र कुशल मल्लले १२ रन बनाए ।

ह्युस्टन हरिकेन्सका लागि उस्मान शिनवारी र इमरान खान जुनियरले  २ विकेट लिए भने जोश ट्रम्प, अली शेख र जिया जाहजादले एक-एक विकेट लिए । नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको ह्युस्टनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४० रन मात्र बनाउन सक्यो । हरिकेन्सका लागि लाहिरु मिलान्थाले ३३ रन बनाए भने अली शेख २३ रन जोडे । यस्तै स्मित पटेल १९ रन जोड्दा आर्कषित गोमेल १८ रन बनाए ।

नेपालका लागि सोमपाल कामी र करण केसीले समान २-२ विकेट लिए भने रोहित पौडेल, कुशल भुर्तेल, सागर ढकाल र अभिनाश बोहराले समान एक-एक विकेट लिए । अन्तिम ओभरमा हरिकेन्सलाई जितको लागि १० रन चाहिएकोअवस्थामा करण केसीले अन्तिम ओभरमा ३ रन मात्र दिएर एक विकेट लिँदै नेपाललाई जित दिलाए ।

अब नेपालले हरीकेन्ससँग दोस्रो तथा अन्तिम अभ्यास खेल शनिबार राति खेल्नेछ । त्यसपछि नेपालले विश्वकपको दुई औपचारिक वार्मअप खेल खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.