अर्थ

२०७६/७७ को आर्थिक सर्वेक्षण : आर्थिक वृद्धिदर २.३ प्रतिशतमा खुम्चिने अनुमान

‘राज्यको ढुकुटीको दुरुपयोग हुन नदिनेतर्फ सरकार सचेत’

‘राज्यको ढुकुटीको दुरुपयोग हुन नदिनेतर्फ सरकार सचेत’

सरकारले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)मा ‘आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण’ पेश गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको मगलबारको छुट्टाछुट्टै बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले चालू आवको आर्थिक सर्वेक्षण पेश गर्नुभएको हो ।

आर्थिक सर्वेक्षण पेश गर्दै अर्थमन्त्री डा खतिवडाले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा खुम्चिने अनुमान रहेको जानकारी दिनुभयो । अर्थमन्त्रीले चालू आर्थिक वर्षको फागुन मसान्तसम्म भएका आर्थिक, भौतिक विकासलगायत समग्र अवस्थाको बारेमा सदनलाई जानकारी गराउनुभएको थियो ।

यस अघि वैशाख १७ मा केन्द्रीय तथ्यांक विभागले यो वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको थियो । सरकारले भने विभागको भन्दा ०.०३ प्रतिशत बढाएर अनुमान सार्वजनिक गरेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटले आर्थिक वृद्धिदर ८.५ प्रतिशतको लक्ष्य राखेको थियो । तर, गत फागुनपछि सुरु भएको कोरोना भाइरसको संक्रमण र त्यसले अर्थतन्त्रमा पारेको प्रभावका कारण अर्थतन्त्रको वृद्धिदर नराम्रोसँग खुम्चिने भएको अर्थमन्त्री खतिवडाले बताउन्भयो ।

यसअघि गत आर्थिक वर्ष २०७५/७६ मा नेपालको ६.७५ प्रतिशत आर्थिक वृद्धि भएको थियो । आर्थिक वर्ष २०७४/७५ मा भने ६.३५ प्रतिशतको आर्थिक वृद्धिदर कायम भएको विभागको तथ्यांकमा उल्लेख छ ।

दुई समितिको प्रतिवेदन पेश

प्रतिनिधिसभा बैठकमा दुई संसदीय समितिको प्रतिवेदन पेश भएको छ । बैठकमा कृषि, सहकारी तथा प्रकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘कृषि तथा सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन, २०७६/७७’ पेश गर्नुभयो । यस्तै राज्यव्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले ‘राज्य व्यवस्था तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७७’ पेश गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.