जापान

जापानी र जापानबस्ने नेपाली बोकेर फुकुओका उड्दै नेपाल एयरलाइन्स

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले जापानको फुकुओका शहरमा पहिलो पटक उडान गर्दैछ । नेपालमा लकडाउनका कारण रोकिएका केही जापानी र जापानमा बसोबास गर्ने नेपाली गरी २६० हाराहारी यात्रु बोकेर चार्डर उडान गर्न लागेको हो ।

निगमको वाइडबडी ए–३३० जहाजले मंगलबार राति फुकुओका शहरमा चार्टर्ड उडान गर्ने कार्यतालिका रहेको निगमले जनाएको छ । बन्दाबन्दीको अवधिमा निगमको जापानमा यो छैटौं उडान हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राति ९ः०० बजे उड्ने वाइड बडी जहाज फुकुओका शहर पुगेर बुधबार दिउँसो १ः३० बजे काठमाडौँ अवतरण गर्नेछ । काठमाडौँ–फुकुओका गन्तव्यको उडान करिब ६ घण्टाको हुनेछ ।

निगमक प्रवक्ता अर्चना खड्काले निगमले पहिलो पटक फुकुओका शहरमा चार्टर्ड उडान गर्न लागेको जानकारी दिनुभयो । पछिल्लो पटक यही जेठ ११ गते निगमले नारितामा पाँचौ पटक चार्टर्ड उडान गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.