स्वास्थ्य

संक्रमितभन्दा संक्रमणमुक्त धेरै, एक सय ४५ जनाको मृत्यु

६ हजार ६ सय ७७ सङ्क्रमित थपिंदा ६ हजार ७ सय १६ जना कोरोनामुक्त भएका

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमितको संख्या र संक्रमण मुक्त हुने बराबर रहेको छ । बुधबार ६ हजार ६ सय ७७ सङ्क्रमित थपिंदा ६ हजार ७ सय १६ जना कोरोनामुक्त भएका छन् । यसै अवधिमा थप १ सय ४५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सहायक प्रवक्ता डा. समीर कुमार अधिकारीले दिनुभएको जानकारी अनुसार पछिल्लो चौबीस घण्टामा १९ हजार ३० जनाको आरटपीसीआर परीक्षण गरिएकोमा सो सख्ंयामा संक्रमित थपिएका हुन् ।

त्यस्तै काठमाडौं उपत्यकामा विगतको तुलनामा कम संक्रमित भेटितएका छन् । मन्त्रालयका अनुसार विगत २४ घण्टामा काठमाडौंमा १,१३९, भक्तपुरमा १ सय १३, ललितपुरमा २ सय ४१ र गरी उपत्यकामा कुल १,४९३ जनामा कोभिड पुष्टि भएको छ । यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या पाँच लाख २८ र मृतकको सङ्ख्या ६,८४५ पुगेको छ । नेपालमा विगत २४ घण्टामा परीक्षणबाट सङ्क्रमण पुष्टि हुने दर ३४.७ रहेको छ ।

उहाँका अनुसार नेपालमा हाल एक लाख १७ हजार ७७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । तीमध्ये एक लाख आठ हजार घरमै छन् भने ८,४५७ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले १,६७१ जना आईसीयूमा र तीमध्ये ४३४ जना भेन्टिलेटरमा छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.