विश्व समाचार

भारतको गेम जोनमा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु

भारतको पश्चिमी राज्य गुजरातको राजकोटको कालावाद रोडमा रहेको टीआरपी गेम जोनमा शनिबार अपराह् साढे ४ बजेतिर भीषण आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु भएको छ ।

भारतको गेम जोनमा आगलागी

भारतीय सञ्चार माध्ययम दैनिक भास्करका अनुसार आगो ३ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको बताएको छ । त्यस्तै २५ जनाभन्दा बढीलाई सकुशल बाहिर निकालिएको र मृत्यु हुनेको संख्या बढ्न सक्ने बताईएको छ । आगलागीमा परी मृतकको शव यसरी जलेको छ कि पहिचान हुन सकेको छैन । शव पहिचानका लागि डीएनए परीक्षण गरिने तयारी गरिएको छ ।

प्रत्यक्षदर्शीका अनुसार गर्मी बिदा र सप्ताहान्तका कारण मनोरञ्जनका लागि थुप्रै बालबालिका र उनीहरुका अभिभावक थिए । त्यहाँ केही स्थानमा मर्मत र स्तरोन्नतीको काम भइरहेको थियो । त्यसैले प्लाई र काठका टुक्रा यत्रतत्र छरिएका थिए । त्यही बेला एक्कासी आगो देखिएको थियो । यद्यपि आगलागीको कारण खुलेको छैन ।

गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले दुर्घटनाको छानबिन गर्न एसआईटी (विशेष अनुसन्धान टोली) गठन गरेका छन् । घटनापछि राज्य सरकारले मृतकका परिवारलाई ४ लाख र घाइतेहरुलाई ५० हजार रुपैयाँको दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल लगायतले आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.