क्रिकेटखेल

नेपालद्वारा ह्युस्टन हरिकेन्स २७ रनले पराजित 

टी-२० विश्वकपका लागि अमेरिकामा रहेको नेपालले टी-२० अभ्यास खेलको दोस्रो तथा अन्तिम अभ्यास खेलमा पनि घरेलु टोली ह्युस्टन हरिकेन्सलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा नेपालले ह्युस्टन हरिकेन्सलाई २७ रनले पराजित गर्दै दुई खेलको सिरिज २-० ले क्लिन स्विप गरेको हो ।

नेपालद्वारा ह्युस्टन हरिकेन्स ६ रनले पराजित 

प्रेरी भ्यू कम्प्लेक्स ह्युस्टनमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२३ रन बनाएको थियो । नेपालको लागि कप्तान रोहित पौडेलले ४० बलमा १ चौकासहित ३७ रन बनाए भने कुशल भुर्तेल ३१ बलमा २ चौकासहित २३ रन जोडे । त्यस्तै गुलशन झाले १४ रन जोड्दा सन्दीप जोरा र सोमपाल कामी १२/१२ रन बनाए ।

ह्युस्टनका लागि इमरान शेख जुनियर र जिआ शाहजादले २ विकेट लिए भने कोरी ड्राई र उस्मान शिनवारीले एक-एक विकेट लिए । नेपालले दिएको १२४ रनको लक्ष्य पछ्याएको ह्युस्टन १८.३ ओभरमा ९६ रनमा अल आउट भयो । उसको लागि जिआ शाहजादले २९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३५ रन बनाए भने  इमरान खान जुनियर र लाहिरु मिलान्थाले समान १६-१६ जोड्नु बाहेक अन्य कुनै पनि ब्याटरले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।

नेपालका लागि करण केसीले ३ विकेट लिए भने सोमपाल कामीले २ विकेट लिँदा रोहित पौडेल, अभिनाश बोहरा र सागर ढकालले एक-एक विकेट लिए । यसअघि शुक्रबार राति भएको पहिलो खेलमा नेपालले हरीकेन्सलाई ६ रनले पराजित गरेको थियो । नेपाल अब विश्वकपको दुई औपचारिक वार्मअप खेल डालास जानेछ । नेपालले २७ मे मा क्यानडा र ३० मे मा अमेरिकासँग वार्मअप म्याच खेल्नेछ ।

विश्वकप आगामी १ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइण्डिजमा हुनेछ । नेपालले पहिलो खेल जुन ४ मा  नेदरल्यान्ड्ससँग डालासमा खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

अब नेपालले हरीकेन्ससँग दोस्रो तथा अन्तिम अभ्यास खेल शनिबार राति खेल्नेछ । त्यसपछि नेपालले विश्वकपको दुई औपचारिक वार्मअप खेल खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.