एन आर एन न्युजजापान

एनआरएनए एनसीसी जापानको प्रमाणित सदस्यता नामावली प्रकाशन

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानको प्रमाणीत सदस्यहरुहरुको नामावली प्रकाशन गरिएको छ । एनआरएनए जापानले २०२१-२०२३ कार्यकालका लागि गत फेब्रुवरी २५ देखी अप्रिल ३० सम्म परिषदले निश्चित मापदण्ड तोकी सदस्यता आवहान गरे बमोजिम बनेका सदस्यहरुको नामावली प्रकाशन गरेको हो ।

प्रकाशित सदस्यता नामावलीमा कुनै दावी बिरोध रहेमा यही मे २८ तारीक साँझ ११ः५९ बजे (जापान समय)सम्म एनआरउनए एनसीसी जापानको इमेल nrnanccjpn@gmail.com मा लिखितरुपमा दावी गर्नसकिने जानकारी गराएको छ ।

साथै प्रामाणिकरण हुन बाँकी एप्लिकेसनको लिस्ट यसै सुचनाको साथ राखीएको र सम्बन्धित व्यक्ति लाई प्रमाणीकरण हुन बाँकी रहेको कारण सहित इमेल पठाइएकोले आफ्नो इमेल चेक गरी सोही बमोजिम आफ्नो एप्लिकेसन यही मे ३१ तारीक साँझ ११ः५९ बजे (जापान समय) भित्र पठाउनको अनुरोध गर्नुका साथै उक्त समयभित्र पूर्ण नभएका निवेदनहरु स्वतः बदर हुने पनि जानकारी गराइएको छ ।

सदस्यता एप्लिकेसनहरुको विवरण :
१. प्रमाणीकरण भएको सदस्यता निवेदन- ९२७३
२. प्रमाणीकरण हुन बाँकी निवेदन- ७७०
३. बदर निवेदन-३४

प्रमाणित भैसकेका सदस्यहरुले आफ्नो इमेल अवथा फोन नंहरु पुन: चेक गरी केहि गलत भयमा निर्वाचन मितिको (जुलाई २७, २०२१) २ हप्ताभन्दा पहिला सच्याई सक्नुपर्ने छ । साथै कति पय महानुभावहरुले अन्लाईन पेमेन्ट गर्नु भएको रसिद राख्नु भए पनि एनआरएनए जापानको बैंक खातामा उक्त रकम नआएकोले त्यस्तो एपलिकेसनहरुलाई पनि कारणसहित इमेल गरीएकोले हेर्नुहुन अनुरोध गरेको छ ।

प्रमाणित सदस्यहरुहरुको विवरणको हेर्न यो लिंकमा जानु होला

https://documentcloud.adobe.com/link/track?uri=urn:aaid:scds:US:20811e4b-0b70-49f2-818f-5ac4b003421

प्रमाणित हुन बाँकी निवेदनहरु हेर्नका लागि लिंकमा जानुहोला-

https://documentcloud.adobe.com/link/track?uri=urn:aaid:scds:US:d8e967a4-b135-4f11-b6fb-84d1cb8e6bcc#pageNum=1

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.