विश्व समाचार

हमासद्वारा इजरायलसँग नयाँ वार्ताको प्रस्ताव अस्वीकार

प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) का वरिष्ठ प्रतिनिधि ओसामा हमदानले इजरायली सञ्चारमाध्यमले गाजा युद्धविरामका लागि पुनः वार्ताको सम्भावित सुझावलाई अस्वीकार गर्नुभएको अल जजिराले जनाएको छ ।

अल जजीरा अरेबीसँगको हालैको टेलिफोन अन्तर्वार्तामा हमदानले गाजाबाट इजरायली सुरक्षाकर्मीको फिर्ता र बन्धकहरूको रिहाइ वार्ताका प्राथमिकता हुनुपर्ने बताउनुभयो ।

हमासले युद्धविराम प्रस्तावलाई पहिले नै स्वीकार गरिसकेको र इजरायलले भने प्रस्ताव अस्वीकार गरेको दाबी गर्दै उहाँले भन्नुभयो, “हामीलाई वार्ताको नयाँ प्रस्ताव आवश्यकता छैन तर बन्धक फिर्ता र युद्धविरामलगायत इजरायली सेना गाजाबाट फर्किने शर्त वार्ताका प्राथमिकता हुनुपर्छ । ”

यस महिनाको सुरुमा हमासले इजरायलले प्रस्ताव अपर्याप्त ठानेको भएपनि सात महिनाको गाजा द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कतार र इजिप्टको मध्यस्थतामा युद्धविराम प्रस्तावलाई स्वीकार गरेको थियो ।

इजरायली सञ्चारमाध्यममा आएका रिपोर्टहरूले पेरिसमा मध्यस्थकर्ताहरूसँगको छलफलपछि गाजा बन्दी मुक्तिसम्बन्धी सम्झौताको लागि नयाँ वार्ताको सुझाव दिएको अल जजिराले जनाएको छ ।

इजरायली गुप्तचर प्रमुख डेभिड बार्नियाले सीआईएका निर्देशक बिल बन्र्स र कतारी प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग नयाँ वार्ताका लागि सहमति जनाउनुभएको थियो ।

यद्यपि, कुनै पनि अस्थायी युद्धविराम सम्झौताले इजरायलसँगको शत्रुताको समाधान भविष्यसम्मका लागि प्रशस्त नहुने चिन्ता प्यालेष्टिनी रक्षा मन्त्रालयले व्यक्त गरेको छ ।

हमास अस्थायी युद्धविरामका समाधान गर्नुको सट्टा युद्धको स्थायी अन्त्यमा जोड दिँदै आफ्नो पक्षमा अडिग रहेको छ । इजरायलले भने हमासको पूर्ण विघटनसहित आफ्ना उद्देश्यहरू प्राप्त गरेपछि मात्र द्वन्द्व अन्त्य गर्ने आफ्नो प्रतिबद्धता दोहो¥याएको छ ।

अन्तर्राष्ट्रिय न्याय अदालतको रफाह आक्रमण रोक्ने आदेश र अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायली नेताहरूविरुद्ध गिरफ्तारी आदेश जारी गरेको जस्ता हालसालैका घटनाक्रमले बढ्दो कूटनीतिक गतिरोधलाई प्रतिबिम्बित गर्दछ ।

आयरल्यान्ड, नर्वे र स्पेनले प्यालेस्टाइनलाई मान्यता दिने निर्णयले इजरायलको कूटनीतिक चुनौतीलाई थप जटिल बनाएको छ । यी घटनाक्रमबीच युद्धविराम हासिल गर्ने र गाजासँगको सीमा पुन: सञ्चालन गर्ने प्रयासहरूले गति प्राप्त गरेको छ ।

वासिङ्टनले युद्धविराम र मानवीय सहायताको पहुँचका लागि मार्गहरू खोज्न युद्ध क्याबिनेट मन्त्री बेनी गान्ट्जसहित इजरायली अधिकारीहरूसँग छलफल गरेको छ ।

कायरोले युद्धविराम वार्ताको मध्यस्थता र कैदी आदानप्रदानलाई सहज बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । इजिप्ट गाजामा मानवीय सङ्कट कम गर्ने उदेश्यप्रति कटिबद्द छ ।

गाजामा बन्दी बनाइएका कैदीहरूको रिहाइ सुरक्षित गर्न कारबाहीको माग गर्दै तेल अभीभमा व्यापक सार्वजनिक आक्रोश र विरोधका बावजुद प्रधानमन्त्री नेतान्याहुको सरकारले हमाससँग सम्झौता गर्न अझै मध्यस्थता गरेको छैन ।

आलोचकहरूले सरकारको समाधानमा पुग्ने प्रतिबद्धतामाथि प्रश्न उठाउनुका साथै वार्ताको माध्यमबाट समाधान गर्नमा यसको निष्कपटतामाथि शङ्का व्यक्त गरेको अल जजिराले रिपोर्ट गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.